मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • समाचार
  • कोइराला परिवारको विवाद छताछुल्ल, देउवा र पौडेल ‘आउट’ हुने पक्का
समाचार

कोइराला परिवारको विवाद छताछुल्ल, देउवा र पौडेल ‘आउट’ हुने पक्का

काठमाण्डौं ।  नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन रोमाञ्चक बन्ने भएको छ । देउवा विरुद्ध दोस्रो पुस्ताका नेताहरूले सभापति लड्ने तयारी गरिरहेका बेला कोइराला परिवारको तयारीले थप रोचक बन्ने देखिएको छ । कोइराला परिवारबाटै काँग्रेस सभापतिमा दुइजना उम्मेदवार खडा हुने भएपछि कांग्रेस वृत्त तरंगित बनेको छ ।

सभापति को बन्ने विषयमा कोइराला परिवारमै विवाद रहेको छताछुल्ल भएको छ । काँग्रेसका वर्तमान महामन्त्री वीपी कोइरालाका पुत्र शशाङ्क कोइरालाले शनिबार आफू सभापति पदमा उम्मेदवार हुने घोषणा गरेपछि विवाद चर्किने निश्चित बनेको हो ।

विज्ञापन

कोइराला परिवारकै अर्का सदस्य नोना कोइरालाका पुत्र शेखर कोइरालले पनि सभापतिमा उठ्ने तयारी गरेका छन् । उनले औपचारिक रूपमा घोषणा नगरे पनि उनी लामो समयदेखि सभापतिको चुनाव लड्ने तयारी गरिरहेका छन् । उनले केही महिना अघिदेखि त सम्पर्क कार्यालय नै खोलेर शेखरले अभियानलाई तीब्र पारिरहेका छन् ।

विज्ञापन

कोइराला परिवारबाट एकजना उम्मेदवार बन्ने सहमति भएको हल्लाबीच महामन्त्री शशांकले औपचारिक रुपमै सभापतिमा लड्ने घोषणा गरेपछि सहमति पनि नभएको र विवाद तिब्र बनेको सहजै आंकलन गर्न सकिन्छ । शेखरले डेढ वर्षदेखि तयारी गरिरहेका थिए भने शशांकले भने तयारी गरेका थिएनन ।

आफ्नो निर्वाचन क्षेत्र नवलपुरको देवचुली नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गर्दै महामन्त्री कोइरालाले उम्मेद्वारी घोषणा गरेका छन् । उनले भनेका छन्, ‘गिरिजा बाबुले जसरी बिराटनगर गएर आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो, मैले पनि मेरो गृह जिल्ला नवलपुर आएर आज सभापति पदको लागि उम्मेदवारी घोषणा गर्दछु ।’

यसअघि शशांकले काँग्रेसको आगामी सभापति सहमतिमै बनाउनुपर्ने बताउँदै आएका थिए । सहमतिबाट हुन नसकेर चुनाव भएमा आफू त्यस प्रक्रियाबाट नभाग्ने उनले बताएका छन् । शनिबारको कार्यक्रममा पनि उनले भने, ‘सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुपर्छ भन्ने मेरो धारणा हो । तर, सहमति हुन नसके निर्वाचनबाटै भए पनि नेतृत्व चयन गरेर अगाडि बढ्नु लोकतान्त्रिक पद्धति हो । त्यससैले मैले सभापतिमा लड्ने घोषणा गरेको हुँ ।’

कोइराला परिवारबाट सकेसम्म एकजना मात्र सभापतिको उम्मेदवार बनाउने प्रयास थियो । यसमा सुजाता कोइराला, शेखर कोइराला र शशांक कोइरालाबीच पटक पटक बार्ताहरू पनि भए । सुजता भने पछि हतिसकेकी छन् ।शशांकले उम्मेदवारी घोषणा गरेपछि कोइराला परिवारमा नयाँ तरंग उत्पन्न भएको छ ।

त्यतिमात्र होइन कोइराला परिवारको साथ लिएर आफू सभापति लड्ने चाहना राख्दै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि शशांकको यो घोषणाबाट झस्किएका छन् । यसरी हेर्दा आगामी महाधिवेशन कांग्रेसका लागि रोचक बन्ने देखिएको छ ।

दोस्रो पुस्ताका नेताहरूले सभापति लड्ने भव्य तयारी गरेपछि सभापति रहेका शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल सभापतिको मैदानबाट आउट हुने पक्का बहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस