शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमालेमाथि बलमिच्याइँ भएको छ : भट्टराई
समाचार

एमालेमाथि बलमिच्याइँ भएको छ : भट्टराई

काठमाडौं।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पार्टीले विरोध जनाउँदै गर्दा प्रतिस्थापन विधेयक ल्याउने काम अशोभनीय भएको बताएका छन्। एमाले बैठकका निर्णयहरु सुनाउँदै सचिव भट्टराईले विरोधका बाबजुद प्रतिस्थापन विधेयक ल्याउने काम पार्टीमाथि बलमिच्याइँ गरेको बताए हुन्।

विज्ञापन

सचिव भट्टराईले आफ्नो सरकारले ल्याएको लोकप्रिय बजेटको कटौती गरेर हचुवाको भरमा कार्यक्रम थपेको पनि बताए। सचिव भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमाले पार्टी विभाजनको निम्ति खेलेको भूमिका र निष्पक्षतामाथि पार्टीको टिप्पणी रहेको बताउँदै सभामुखले संसदलाई निष्पक्षतामा नलगी सत्तापक्षको प्रतिनिधि भएर काम गरेको आरोप लगाए।

विज्ञापन

उनले अहिले सडकमा विभिन्न विषयवस्तुमा भइरहेको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले अनावश्यक धरपकड गरी, जनतालाई दुःख दिएकोमा सरकारलाई स्थिति उत्तेजित नबनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय भएको समेत जानकारी दिए।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस