शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एमालेले एमसीसीलाई स्वीकार गर्छ : योगेश भट्टराई
समाचार

एमालेले एमसीसीलाई स्वीकार गर्छ : योगेश भट्टराई

काठमाडौं।

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले केही संशोधन गरेर एमसीसीलाई अगाडि बढाउनुपर्ने बताएका छन्।

विज्ञापन

शनिबार एमाले स्थायी समिति बैठकपछि पत्रकारहरूको जिज्ञासामा एमाले प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले सबैभन्दा मुख्य कुरा सत्ता गठबन्धन दलले एमसीसीलाई संसद्‌मा पेस गर्ने कि नगर्ने भन्ने रहेको बताए।

विज्ञापन

‘संसद्‌मा टेबुल गर्दा कस्तो अवस्थामा गर्नुहुन्छ ? जस्ताको त्यस्तै ल्याएर गर्नुहुन्छ कि संशोधन गरेर ल्याएर प्रस्तुत गर्नुहुन्छ कि? त्यो कुरा क्लियर छैन,’ भट्टराईले भने, ‘तर, हाम्रो पार्टीको कुरा के छ भने एमसीसीलाई अस्वीकार गर्ने भन्ने होइन। केही संशोधनसहित अघि बढाउनुपर्छ भन्ने हो।’

सम्झौतामा भएका कतिपय विषयलाई पुनर्व्याख्या गर्नुपर्ने, त्यसलाई अझै बढी नेपालको राष्ट्रिय हितअनुकूल बनाउनुपर्ने भट्टराईको भनाइ छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस