शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • हिजो विरोध गर्नेले माफी माग, त्यो बेला थपडी बजाउनेलाई विरोधको हक छैन : गगन थापा
Breaking News

हिजो विरोध गर्नेले माफी माग, त्यो बेला थपडी बजाउनेलाई विरोधको हक छैन : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफ्नै पार्टी सभापति नेतृत्वको सरकारले संसद छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेकोमा आपत्ती जनाएका छन् ।

विगतको सरकारले सोही कदमको विरोध गर्दै आएको स्मरण गर्दै थापाले फेसबुकमा लेखेका छन्, ‘संसद अधिवेशन हठात अन्त्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत । हिजो गलत, आज गलत, सधैं गलत, जसले गरे पनि गलत ।’

विज्ञापन

हिजोको सरकारले सोही अध्यादेश ल्याउँदा गलत भन्नेहरुले आज समर्थन गर्ने अधिकार नरहने भन्दै समर्थन गर्ने भए त्यतिबेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्ने बताए ।

विज्ञापन

थापाले गत वर्ष बैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपतिलाई समेत यो अध्यादेशको विरोध गर्ने कुनै हक नहुने दावी गरे । उनले भने, ‘अहिले विरोध गर्ने भए, त्यतिबेला गल्ती गरेका थियौं भनेर माफी माग्नुपर्छ ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस