शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ‘कुलमान हुँदा नभएको लोडसेडिङ अहिले किन ?’ विजय लामा,
समाचार

‘कुलमान हुँदा नभएको लोडसेडिङ अहिले किन ?’ विजय लामा,

नेपाल एअरलाइन्सका वरिष्ठ पाइलट विजय लामाले नेपाल विद्युत प्राधिकरण देशमा बिस्तारै लोडसेडिङ गर्ने दिशातर्फ उन्मुख भएको बताएका छन् ।अहिले लोडसेडिङ सुरु नै भइसकेको भन्दै लामाले यो बिस्तारै बढ्दै जाने बताए । सामाजिक सञ्जालमार्फत प्राधिकरणमाथि आ’क्रोश पोखेका छन् ।
कारण देखाउँदा सुख्खा याम भएकोले पानीको सतह घटेर भन्ने गर्छन् प्राधिकरणको हाकिम साबले भन्दै उनले आ’क्रोश पोखेका छन् । प्राधिकरणलाई लामाको प्रश्न छ, ‘के कुलमान घिसिङको पालामा चाँही सुख्खा याम लागेन ? अनि पानी टन टना टन हुन्थ्यो हो ? प्रकृति अनि भाग्यले मात्र साथ दिएको हो त कुलमानलाई ?’ अबको केही समयमा इन्भर्टर अनि जेनेरेटर माफियाहरु सल्बलाउने उनले अनुमान गरेका छन् ।

यही अवस्था जारी रहे अब फेरि जनता र देशलाई पुरानै अवस्थामा पुर्याउन सक्ने लामाको भनाइ छ ।
लामा लेख्छन्, ‘अबको केही समयपछि फेरि इन्भर्टर अनि जेनेरेटर माफियाहरु सल्बलाएर आउदैंनन् अनि जनतालाइ पुरानै ठाउमा पुराउँदैनन् भन्न सकिन्न । यही चालाले पुर्याउनु समय लाग्दैन ।’ अहिले जनताले जे पनि चुपचाप सहने भइसकेको लामाको भनाइ छ ।जे पनि चुप लागेर सहने भएकाले जनता भनेको के हो पनि बुझ्नै गाह्रो भैसकेको उनले बताए । लामा थप लेख्छन्, ‘हुन त के नै गर्न या बोल्न सकिन्छ, जुन देशमा शीर्ष नेताहरुलाई झगडा गर्नमा नै फुर्सद छैन । झै’झ’गडा गर्न रोकेर देश विकासका काम कुरा पो गर्ने कि ?

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस