शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनको शक्तिखोरदेखि मझिमटारसम्म सुरुङ्गमार्ग बन्ने, डिपिआर निर्माणका लागि बजेट विनियोजन
समाचार

चितवनको शक्तिखोरदेखि मझिमटारसम्म सुरुङ्गमार्ग बन्ने, डिपिआर निर्माणका लागि बजेट विनियोजन

चितवन।चितवनको शक्तिखोरदेखि पृथ्वी राजमार्गको मझिमटारसम्म सुरुङ्गमार्ग बन्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेट मार्फत शक्तिखोर मझिमटार सुरुङ्गमार्ग सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गर्नका लागि बजेट विनियोजन भएको छ । यो सुरुङ्गमार्ग चितवनको गौरबको आयोजना बन्ने सांसद कृष्णभक्त पोखरेलले बताए । उनले भने, यो आयोजना निर्माण भएपछि चितवनबाट काठमाडौंको दुरी छोटिनेछ । चितवनका आर्थिक विकासमा कायापलट हुनेछ ।

पृथ्वी राजमार्गको नागढुङ्गामा सुरुङ्ग मार्ग निर्माण आरम्भ भएसँगै देश सुरुङ्गमार्गको युगमा प्रवेश गरेको सरकारको भनाइ छ । आधुनिक सुरुङ्गमार्ग नेपालीका लागि सपना नभइ वास्तविकतामा रुपान्तरित हुँदै गइरहेको अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । उनले भौगोलिक विकटताका कारण लम्बिएको यात्रा सुरुङ्गमार्गले छोटो बनाउने र यात्रा लागत घट्ने बताउँदै अब बन्ने सडकमा सुरुङ्ग प्रविधिको प्रयोगलाई महत्त्वका साथ अवलम्बन गरिने बताए ।

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस