शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • एसडी मुनीको खुलासा: भारत र ओलीको मिसन एउटै हो
समाचार

एसडी मुनीको खुलासा: भारत र ओलीको मिसन एउटै हो

काठमाडौं । नेपाल मामलाका जानकार भारतका प्राध्यापक एसडी मुनीले भारत सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरिरहेकोबारे खुलासा गरेका छन् । उनले भारत र ओलीको मिलेकाले मात्रै भारतले सहयोग गरिरहेको खुलासा गरेका छन् ।

भारतको एक टेलिभिजनलाई अन्तवार्ता दिँदै उनले ओलीलाई भारतले समर्थन गर्नु भारतको हितविरुद्ध हुने समेत बताएका छन् । उनका अनुसार भारत र ओली नेपालमा चीनको प्रभाव कम गर्न चाहन्छन ।

विज्ञापन

जेएनयूका एमिरिटस प्राध्यापक मुनीले भनेका छन्, ‘भारत सरकार ओलीलाई समर्थन दिइरहेको छ, यो भारतको हितको विरुद्ध छ ।’ भारतले चीनको प्रभावलाई कम गर्नको लागी मात्रै ओलीलाई समर्थन गरिरहेको समेत उनले बताएका छन् ।

विज्ञापन

चीनको प्रभाव कम गर्ने आँकलनका साथ भारतले अहिलेको कदम चालिरहेको उनले बताएका छन् । प्रचण्ड, माधव नेपाल र शेरबहादुर देउवा समेतका नेतामाथि चीनको प्रभाव रहेको भारतको बुझाई रहेको मुनीले बताए ।

उनले भने,‘ओलीविरोधी विपक्षीमा चीनको प्रभाव छ भन्ने भारतको आशंका छ ।’ चीनको प्रभाव कम गर्न सकिन्छ भनेर भारतले ओलीलाई साथ दिइरहेको उनको तर्क छ । मुनीले भने, ‘प्रचण्ड र देउवामाथि पनि चीनको केही न केही प्रभाव अहिले’ रहेको आशंका भारतले गरेको छ ।’

मुनीले नेपालमा भारत र ओलीले आफ्नो स्वार्थको लागि मात्रै राजनीति गरेको बताएका छन् । ओलीले चुनावको पासा फ्याँकेको बताए । उनले भने,‘यो अस्थिरताको राजनीति हो र केवल आफ्नो स्वार्थ बचाउने राजनीति हो ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस