चितवन । स्मार्ट सिटिको अवधारणामा रहेको भरतपुर महानगरपालिकाले वार्ड नं – ८ को विकासका लागि वजेट स्विकृत गरेको छ । वडा अध्यक्ष दामोदर न्यौपानेको उपस्थितिमा महानगर प्रमुख रेनु दाहालले आज ४ करोड ४० लाख रुपैयाँ बराबरको बजेट स्विकृत गरेकी हुन् ।
भरतपुर महानगरपालिका वडा नं – ८ अन्तर्गत जयनेपाल चोक देखी पाण्डेघुम्ती सम्म करिब १ हजार ९ सय मिटर लम्बाई र सात मिटर चौडाईको पिचबाटो निर्माणका लागि करिव २ करोड रुपैयाँ, जलप नेपालदेखी दक्षिणतर्फ करिव १ हजार ९ सय मिटर लम्बाई र चार मिटर चौडाईको पिचबाटो निर्माणका लागि करिव २ करोड रुपैयाँ र बडा नम्बर ८ को कार्यालय भवनको दोस्रो तल्ला निर्माणका लागि चालिस लाख रुपैयाँ बजेट स्विकृत भएको वडाध्यक्ष न्यौपानेले बताए ।
विज्ञापन
महानगरपालिकाले बजेट स्विकृत गरेसंगै आजै देखि टेण्डर प्रकृया अघि बढाईएको पनि न्यौपानेले जानकारी दिए। महानगरभित्रका वडाहरुमा दुई बर्ष सम्म उत्कृष्ट वडाको रुपमा पुरस्कृत भएको वडा नम्बर – ८ बिकास निर्माणमा अग्रणी स्थानमा रहँदै आएको छ । भरतपुर महानगरपालिकाले स्वास्थ्य र बिकास निर्माणलाई आफ्नो बिशेष प्राथमिकतामा राखेर काम गर्दै आएको छ ।
फेसबुक प्रतिक्रियाहरु