शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनको सनराइज स्कूलका प्रिन्सिपलको कोरोनाका कारण मृ’त्यु,आमा र दिदीको पनि ज्या’न गयो
समाचार

चितवनको सनराइज स्कूलका प्रिन्सिपलको कोरोनाका कारण मृ’त्यु,आमा र दिदीको पनि ज्या’न गयो

चितवन । चितवनको भरतपुर स्थित सनराइज इङलिस स्कूलका प्रिन्सिपल रोशन कुमार भण्डारीको कोरोना संक्रमणका कारण मृ’त्यु भएको छ । उहाँको ५२ बर्षको उमेरमा आज (सोमबार) विहान ३ बजे काठमाडौंको निदान हस्पिटलमा उपचारका क्रममा मृ’त्यु भएको हो ।

स्कूलका शिक्षक काँसिराम आचार्यका अनुसार उहाँ १६ दिनदेखि अस्पताल भर्ना हुनुभएको थियो । १७ दिन अघि भरतपुरबाट काठमाडौं जाँदा उहाँलाई सामान्य ज्वरो आएको थियो । “यहाँबाट राम्रै जानुभएको थियो, सामान्य ज्वरो आएपनि अन्य समस्या थिएन, तर अकस्मात मृ’त्यु भएको दुःखद खबर आयो,उहाँले भन्नुभयो ।”

विज्ञापन

उहाँको एक महिना अघि मात्रै दिदीको मृ’त्यु भएको थियो । भारतको कलकत्ता जाँदै गर्दा जहाजमा दिदीको मृ’त्यु भएको हो । दिदीको मृ’त्यु भएको चार दिनपछि आमाको पनि मृ’त्यु भयो । आमा भरतपुरमा छोरा भेट्न आएको समयमा यही मृ’त्यु भएको आचार्यले बताउनुभयो । आमा र दिदीकोे भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

विज्ञापन

स्व.भण्डारी २ बर्षदेखि सनराइज स्कूलमा प्रिन्सिपलको रुपमा कार्यरत हुनुहुन्यो । पुख्यौली घर दोलखा भएका उहाँको परिवार काठमाडौंमा बस्दै आएको थियो । उहाँका श्रीमती र एक छोरा छन ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस