शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ठाकुरको समर्थनमा ओली नै प्रधानमन्त्री बन्दै: शितलनिवास पुग्यो हस्ताक्षर
समाचार

ठाकुरको समर्थनमा ओली नै प्रधानमन्त्री बन्दै: शितलनिवास पुग्यो हस्ताक्षर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले एकाएक नयाँ सरकारको दाबी गर्न समुआसीमा तोकेपछि नेपालको राजनीतिक माहोल नै पर्त्वर्तन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मार्ग प्रसस्त गर्ने निर्णय लगत्तै बालुवाटारमा पुगेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले लामो छलफल गरेका थिए । लामो छलफलपछि बिहीबार मध्यरातमै उनीहरूलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवासमा पुगेका थिए।

विज्ञापन

एमालेका १२१ र जसपाका २० जना सांसद सहित बैकल्पिक सरकार बनाउन प्रधानमन्त्री ओली अघि बढेको स्रोतले बताएको छ । राष्ट्रपति कार्यालयले बिहीबार राति सूचना जारी गरे लगत्तै प्रधानमन्त्री ओलीले बैकल्पिक सरकार गठनका लागि जसपाका नेताहरूसँग छलफल गरेका थिए ।

विज्ञापन

रोचक त के छ भने राष्ट्रपतिले आह्वान गरेको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम सरकार बनाउन संसदीय दलको सहमति चाहिंदैन । जुनसुकै पार्टीका सांसदको समर्थन भए पनि सरकार दाबी गर्न सकिन्छ ।

त्यसैले ठाकुरको समर्थनमा सरकार गठन गर्न ओली अघि बढेको स्रोतको दाबी छ ।

सरकार गठन गर्न दलको समर्थन पनि आवस्यक नपर्ने र राष्ट्रपतिले दिएको समयसीमाभित्र अन्य दलले सरकार बनाउने दाबी गर्न नसक्ने भएकाले केहि सांसदहरूको हस्ताक्षर नै लिएर उनीहरू मध्यरातमा शितलनिवास पुगेका थिए ।

एमालेका १२१ र ठाकुर पक्षका २० सांसदको समर्थनमा बैकल्पिक सरकार गठन गर्न ओली अघि बढेका स्रोतको दाबी छ ।

संवैधानिक व्यवस्था अनुसार अल्पमतको सरकारको प्रधानमन्त्रीले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्छ।२७ वैशाखमा विश्वासको मत लिन नसकेपछि ३० वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

तर, प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिँदा र अहिलेको राजनीतिक परिस्थितिमा कुनै फेरबदल नआएकाले विश्वासको मत नलिने निर्णय गरेका थिए। साथै नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेका थिए।

त्यहिअनुसार राष्ट्रपतिलाई नयाँ सरकार गठनका लागि आह्वान गर्न सिफारिश गरेका थिए। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रतिनिधि सभामा सदस्य रहेको व्यक्तिलाई बहुमत पेश गर्नका लागि शुक्रबार ५ बजे सम्मको समय दिएकी छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस