बुधबार, कार्तिक २५, २०८३
  • होमपेज
  • समाचार
  • माओवादीले पनि मलाई नै भोट हाल्छन् : बादल
समाचार

माओवादीले पनि मलाई नै भोट हाल्छन् : बादल

हेटौंडा। राष्ट्रियसभा सदस्य पदका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेकपा एमालेको आधिकारिक उम्मेदवार आफू भएकाले जित सुनिश्चित रहेको बताएका छन्। बिहीबार हेटौंडामा बागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्य पदका लागि हुने उपनिर्वाचनमा थापालाई एमालेले उम्मेदवार बनाएको छ।

बुधबार दिउँसो हेटौंडा आएका थापाले आफू एमालेको आधिकारिक उम्मेदवार भएकाले एमालेका सबै मतदाताले आफूलाई भोट दिने दाबी गरे। ‘म एमालेको आधिकारिक उम्मेदवार हुँ। एमालेको सबै भोट मलाई आउँछ। मेरो जित सुनिश्चित छ,’ थापाले भने। थापासँगै प्रतिस्पर्धामा नेकपा एमालेकै माधव नेपाल पक्षका डा. खिमलाल देवकोटा पनि छन्।

विज्ञापन

देवकोटालाई समर्थन गरेको कांग्रेस र नेकपा माओवादी केन्द्रबाट नै भोट नआउने थापाले बताए। ‘कांग्रेस र माओवादीको आधिकारिक उम्मेदवार छैन। साझा उम्मेदवार भएकाले कांग्रेस र माओवादीभित्रै पनि विवाद छ। त्यहाँबाट पनि मलाई मत आउने निश्चित छ,’ थापाले भने।

विज्ञापन

गृहमन्त्री थापाले एमालेको एकल बहुमत रहेको आफू जितप्रति ढुक्क रहेको प्रतिक्रिया दिए। उनले माधव नेपालसँग उपनिर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गरेको भन्दै नेपालबाट पनि सहयोग पाउने बताए। ‘माधवजीसँग कुराकानी भएको छ। उहाँले सहयोग गर्ने बताउनु भएको छ,’ उनले भने।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न
समाचार
ग्रेस इन्टरनेशनलको २०औँ वार्षिकोत्सव, चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक कार्यक्रम सम्पन्न

चितवन, कात्तिक २३ – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व तथा सामुदायिक सेवा कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवका अवसरमा ग्रेस इन्टरनेशनल चितवन क्षेत्रअन्तर्गतका नारायणगढ, पर्सा र कावासोती शाखामार्फत रक्तदान, खाद्यान्न तथा घरायसी सामग्री सहयोग, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, स्वास्थ्य तथा शिक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य शिविर […]

  • ३ दिन अगाडि

भर्खरै

सिफारिस