शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चितवनमा आजसम्मको सबैभन्दा धेरै एकैदिन कोरोना संक्रमणले २० जनाको मृ’त्यु
समाचार

चितवनमा आजसम्मको सबैभन्दा धेरै एकैदिन कोरोना संक्रमणले २० जनाको मृ’त्यु

चितवन ।चितवनका अस्पतालहरुमा आजसम्मकै सबैभन्दा धेरै आज एकै दिन २० जनाको मृ’त्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार विगत २४ घण्टामा भरतपुर अस्पतालमा ७ जना, चितवन मेडिकल कलेजमा ५ जना, पुरानो मेडिकल कलेजमा ५ जना र क्यान्सर अस्पतालमा ३ जनाको मृ’त्यु भएको हो । त्यसैगरी चितवनका अस्पतालहरुमा भर्ना भएका कोरोना संक्रमित बिरामीहरुको संख्या ५२१ पुगेको छ ।

विज्ञापन

त्यसैगरी स्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार आज ५१ जना कोरोनाका बिरामी निको भएर डिस्चार्ज भएका छन् । चितवनका अस्पतालहरुको आईसीयूमा २६० जना, भेन्टिलेटरमा ५९ जना र एचडीयूमा ९६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस