शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • राष्ट्रिय सभामा बादललाई होइन, डा. खिमलाल देवकोटालाई भोट हाल्नुस् : माधव नेपाल
समाचार

राष्ट्रिय सभामा बादललाई होइन, डा. खिमलाल देवकोटालाई भोट हाल्नुस् : माधव नेपाल

काठमाडौ । राष्ट्रिय सभाको उपनिर्वाचनमा डा. खिमलाल देवकोटालाई सहयोग गर्ने एमाले वरिष्ट नेता माधव नेपालले स्पष्ट पारेका छन्। मंगलबार नेपाल निवास कोटेश्वरमा पुगेर राष्ट्रीय सभा सदस्य पदका उमेद्वार रामवहादुर थापा बादलले आफुलाई सहयोग गर्न गरेको आग्रह नेता नेपालले अस्विकार गरेका हुन्। यसअघि थापाको सचिवालयले नेता नेपालले थापालाई चुनाव जिताउने प्रतिवद्धता जनाएको भनेर प्रचार गरिएको भन्दै नेता नेपालको सचिवालयले त्यसको खण्डन गरेको छ।

 

विज्ञापन

नेता नेपालका स्वीकय सचिव मोहन गौतमले एक विज्ञप्ति जारी गर्र्दै नेता नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पारेको जनाएका छन्।जवाफमा थापाले त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गरेको र मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति भएको उल्लेख गरेका छन्। मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति नभएको र भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्।

विज्ञापन

 

‘आज कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो’, नेता नेपालको सचिवालयले भनेको छ, ‘त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो। मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन। भ्रममा नपर्न सबैलाई अनुरोध छ।’

 

बागमती प्रदेशमा हुने उपनिर्वाचनका​ लागि एमाले ओली पक्षबाट गृहमन्त्री रामबहादुर थापा उठेका छन्। कांग्रेस, माओवादी केन्द्र, जसपा तथा एमाले माधव नेपाल पक्षको गठबन्धनका तर्फबाट डा. खिमलाल देवकोटा उम्मेदवार छन् भने नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ चुनावी मैदानमा छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस