शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • चौधरी फाउन्डेसनले अक्सिजन प्लान्ट र आइसियू वार्ड स्थापना गर्ने
समाचार

चौधरी फाउन्डेसनले अक्सिजन प्लान्ट र आइसियू वार्ड स्थापना गर्ने

काठमाडौं।कोरोनाका कारण उत्पन्न स्वास्थ्य संकटमा योगदान पुर्याउन चौधरी फाउन्डेसनले आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ।

नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनामा फाउन्डेसनले काम गर्ने निर्णय गरेको हो। फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आइसियू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ। वीर अस्पतालमा १८ शैयाको अत्याधुनिक आइसियू वार्ड र वीरकै नयाँ भवनमा अक्सिजन प्लान्ट स्थापना गरिने उसले जनाएको छ। एक–दुई दिनभित्रै चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (नाम्स) र चौधरी फाउन्डेसनबीच सहयोग सम्वन्धमा हस्ताक्षर हुनेछ।

विज्ञापन

त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत नगरपालिकामा एक–एक वटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस