शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • देउवा फकाउने ओलीको अन्तिम प्रयास
समाचार

देउवा फकाउने ओलीको अन्तिम प्रयास

काठमाडौं । आफूविरुद्ध चार दलले मोर्चाबन्दी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली एमालेका केहि नेताहरू बोकेर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा पुगेका छन् । आफूविरुद्धको मोर्चाबन्दी र अविश्वास प्रस्तावबारे सुचना पाएपछि ओली एकाएक देउवा निवास बुढानिलकण्ठ हानिएका हुन् ।

आफ्नो पक्षमा विश्वासको मत लिने अन्तिम प्रयास गरिरहेका ओली देउवालाई फकाउन उनकै निवासमा प्रधानमन्त्री बनेपछि पहिलोपल्ट पुगेका हुन् ।

विज्ञापन

प्रधानमन्त्री ओलीले रक्षामन्त्री ईश्वर पोखरेल, गृह मन्त्री रामबहादुर थापा बादल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेतालाई लिएर बूढानीलकण्ठ गएका छन् ।

विज्ञापन

२७ गते विश्वासको मत लिने प्रयोजनका लागि भन्दै संसद् बैठक बोलाएपछि ओली कांग्रेस सभापति देउवासँग छलफल गर्न बूढानीलकण्ठ पुगेका हुन् ।

कांग्रेसले ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ। ओलीले वैशाख २७ गते विश्वासको मत लिने घोषणा गरेपछि उनको योजनालाई असफल बनाउने तयारीमा छ।

मंगलवबार मात्र देउवाले माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र एमालेकै माधव नेपालसँग छलफल गरेका थिए।

मंगलबार बसको कांग्रेस पदाधिकारी बैठकले ओलीको विश्वासको मतको विपक्षमा जाने निर्णय गरिसकेको छ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस