शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा छाडेको छैन: मन्त्री त्रिपाठी
Breaking News

बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा छाडेको छैन: मन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ का सङ्क्रमितका उपचारमा सरकारले हातखुट्टा नछाडेको बताएका छन्।

‘बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा छाडेको छैन। सरकार जिम्मेवारीका साथ कर्तव्यपालनामा अगाडि बढेको छ,’ एक भिडिओ सन्देश जारी गर्दै मन्त्री त्रिपाठीले भनेका छन्।

विज्ञापन

मन्त्रालयले शुक्रबार स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने भइसकेको बताएपछि उनले शनिबार भिडियो सन्देश जारी गर्दै सरकार जनताका साथमा रहेको बताएका हुन्।

विज्ञापन

मन्त्री त्रिपाठीले संक्रमितको उपचारको सबै जिम्मेवारी सरकारले लिएको बताउँदै संक्रमणबाट आतंकित हुने अवस्था नरहेको जनाए।

सरकार आफ्नो प्रतिबद्धता पूरा गर्न तयार रहेको बताउँदै उनले नेपाली जनताको जीवन जोगाउन हरप्रयास गरिरहेको समेत बताए।

‘कोभिड–१९ को दोस्रो लहर गम्भीर र जटिल रहे पनि हामी आतंकित हुने स्थितिमा छैनौँ। सरकार हरेक उपचारको विधि, उपचारका लागि अस्पताल थप्ने काम गरिरहेको छ,’ उनले भने।

उनकाअनुसार संक्रमणको उपचारका लागि काठमाडौँ उपत्यकामा एक हजार शय्याको व्यवस्था गरिएको छ।

‘सरकार अक्सिजन जोहो गर्नेदेखि लिएर संक्रमितको उपचार गर्न दत्तचित्त भएर लागेको छ,’ उनले भने। संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने औषधि दुई/तीन दिनभित्र नेपालमा आपूर्ति गरिने उनको भनाइ छ।

मन्त्री त्रिपाठीले एकैचोटि संक्रमणको दोस्रो लहर आएको र दोस्रो भेरियन्ट आक्रमणकारकी रहेकाले हठात संख्या बढ्दो रहेको जनाए।

उनले संक्रमण रोकथाम र नियन्त्रणमा आफ्नो व्यवस्थापनमा कहीँकतै कमजोरी भएको भए नैतिक जिम्मेवारीसमेत लिइने स्पष्ट गरेका छन्।

नेपाली जनताको जीवन महत्वपूर्ण भएकाले नै संक्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको उनको भनाइ छ।

‘संक्रमणको दर घटाउनमा यसले मद्दत पुर्‍याउने छ। महामारीका लागि रोकथाम महत्वपूर्ण विषय हो। उपचार दोस्रो हो। त्यसैले रोकथामका लागि निषेधाज्ञा गरिएको हो,’ उनले भने।

सबैलाई निषेधाज्ञा पालना गरेर संक्रमण रोकथाम र नियन्त्रण गर्न सहयोग गर्न र सुरक्षाका सबै मापदण्ड अपनाउनसमेत उनले आग्रह पनि गरेका छन्।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस