शनिबार, साउन १२, २०८१
  • होमपेज
  • समाचार
  • ओली समुहमा विद्रोह गरेकी चौधरीले पनि पाइन् पद
समाचार

ओली समुहमा विद्रोह गरेकी चौधरीले पनि पाइन् पद

काठमाडौं- ओली समुहमा विद्रोह गरेकी भगवती चौधरी पद पाएकी छन् । गत वैशाख १० गते बालुवाटारमा बैठक चल्दा चल्दै विद्रोह गरेर निस्किएकी चौधरीले आफू ओली समुहमा नरहने भन्दै चेतावनी दिएकी थिइन् ।

बालुवाटारको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी गरेको र आफ्नो योगदान भएको क्षेत्रमा अर्कैलाई इन्चार्ज बनाएपछि चौधरी रोईकराई गरेकी थिइन् । उनले आग्रह गर्दा पनि ओलीले नमानेपछि ओली समूह छाड्ने चेतावनी दिएर बैठक छाडेर उनी निस्किएकी थिइन् ।

विज्ञापन

उनको स्थानमा जगदीशप्रसाद कुसियतलाई सुनसरीको जिल्ला इन्चार्ज बनाएपछि बैठक छाडेर हिँडेकी भगवती चौधरीलाई अहिले भने अध्यक्ष ओलीले जिल्ला इन्चार्ज बनाएका छन् ।

विज्ञापन

प्रधानमन्त्री ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा महाधिवेशन आयोजक कमिटीका सदस्य कुशियत र चौधरी दुवैलाई जिल्ला इन्चार्ज तोकिएको उल्लेख छ ।

बालुवाटारमा बैठक चल्दा चल्दै विद्रोह गरेर निस्किएकी चौधरीले बालुवाटार प्राङ्गणमै राजीनामाको चेतावनी दिएकी थिइन् । लामो समय पार्टीमा काम गर्दा पनि उचित जिम्मेवारी नपाएकोमा उनको आक्रोश थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस