शनिबार, साउन १२, २०८१
  • होमपेज
  • चितवन विशेष
  • सिएमसीमा परीक्षण गर्दा चितवनका ७० जनामा कोरोना संक्रमण पुष्टि
चितवन विशेष

सिएमसीमा परीक्षण गर्दा चितवनका ७० जनामा कोरोना संक्रमण पुष्टि

चितवन ।

चितवनमा आज विहान थप ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज कोभिड–१९ परीक्षण प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चितवनका मात्रै ७० जनामा संक्रमण पुष्टि भएको हो ।

विज्ञापन

कुल २१४ नमुना परीक्षण गर्दा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये चितवनका ७० र ३६ जना विभिन्न जिल्लाका व्यक्ति रहेका छन् । संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५८ जना रहेका छन् । यस्तै रत्ननगर नगरपालिकाका ८, खैरहनीका १ र राप्ती नगरपालिकाका ३ जना रहेका छन् ।

विज्ञापन

यसअघि बुधबार नै भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ४७ जनामा संक्रमण पुष्टि भएको थियो ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस