शनिबार, साउन १२, २०८१
  • होमपेज
  • Breaking News
  • सरकार भन्छ: गाडीबाट कोरोना सर्छ, जहाजबाट सर्दैन
Breaking News

सरकार भन्छ: गाडीबाट कोरोना सर्छ, जहाजबाट सर्दैन

काठमाडौं । सरकारले निजि तथा सार्वजनिक सवारी साधन चलाउन रोक लगाएपनि हवाई उडान भने बन्द नगर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढ्दै गए पनि तत्काल आन्तरिक हवाइ उडान बन्द नगर्ने निर्णय गरेको हो ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्दै आन्तरिक उडान सुचारु राख्ने निर्णय गरेपछि निर्णय नै विवादित बनेको छ । सामाजिक संजाल प्रयोगकर्ताहरूले यातायातबाट कोरोना सर्ने र हवाई उडानबाट नसर्ने भन्दै व्यंग्य गरेका छन् ।

विज्ञापन

कतिपयले यातायात क्षेत्र र हवाई क्षेत्रलाई भेदभाव गरिएको बताएका छन् । उनीहरूले हवाई उडानमा भन्दा बढी सावधानी सवारी साधनमा अपनाउन सकिने समेत बताएका छन् ।

विज्ञापन

निर्णय गरेपछि एक मन्त्रीले देशभर सबै ठाउँमा लकडाउन नहुने स्थितिमा नागरिकलाई भैपरी आउँदा आवत-जावत सहज बनाउन हवाइ उडान तत्काललाई बन्द नगरिएको बताएका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस