शनिबार, साउन १२, २०८१
  • होमपेज
  • पर्यटन
  • ठडियो धरहरा, आज उद्घाटन
पर्यटन

ठडियो धरहरा, आज उद्घाटन

काठमाडौं : २०७२ वैशाख १२ को भूकम्पले ध्वस्त बनाएको ऐतिहासिक धरहरा पुनः ठडिएको छ। भूकम्पको ६ वर्षपछि ठडिएको २२ तले धरहराको आज (२०७८ वैशाख ११) गते लोकतन्त्र दिवसको दिन उद्घाटन हुने भएको छ। यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा

ओलीले गर्ने भएका छन्। जीआईईटीसी–रमन जेभीले धरहराको पुनर्निर्माणको काम भ्याटसहित तीन अर्ब ४८ करोडमा बनाइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । अब बन्ने धरहरा क्षेत्र करिब ४२ रोपनी क्षेत्रफलमा फैलिनेछ। एउटा अर्ध–भूमिगतसहित चार तले भूकम्प र टक्सार सम्बन्धी संग्रहालय निर्माण भइरहेको छ। त्यस्तै, फुड कोर्ट’ सहितको युटिलिटी ब्लक पनि बन्नेछ। विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैंचा तथा संगीतमय फोहरा हुनेछ। पुरानो कर्मचारी संचय कोषको मूल भवन र टक्सार भवन रहेको स्थानसमेत समेटेर बन्न लागेको धरहरा क्षेत्रमा भूकम्प संग्रहालय रहनेछ। काठमाडौंको सुन्धारामा पुनर्निर्माण गरिएको २२ तलाको धरहरा । २०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त बनाएको धरहराछेउ नयाँ निर्माण गरिएको हो । भूकम्पको ६ वर्षपछि ठडिएको धरहराको उद्घाटन लोकतन्त्र दिवसका अवसरमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरिँदै छ ।

विज्ञापन

जीआईईटीसी–रमन जेभीले भ्याटसहित ३ अर्ब ४८ करोड लागतमा धरहरा पुनर्निर्माणको काम गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहराको क्षेत्र करिब ४२ रोपनीमा फैलिनेछ । भीमसेन स्तम्भलाई सिसाले छोपेर संरक्षण गरिनेछ । तस्बिर : अशोक दुलाल तीन तले भूमिगत पार्किङको सुविधा पनि हुनेछ। जहाँ ४ सय गाडी र ७ सय मोटरसाइकल पार्किङ गर्न मिल्नेछ। भीमसेन स्तम्भलाई सिसाले छोपेर संरक्षण गरिनेछ। ऐतिहासिक सुन्धराको पनि संरक्षण गरिनेछ। जसमा चौबिसै घण्टा पानी झर्ने व्यवस्था हुनेछ। धरहरा र संग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण गरिनेछ।

विज्ञापन

कोरोना महामारीका कारण भएको लकडाउनले पुनर्निर्माणमा अवरोध उत्पन्न भए पनि सुरक्षाका सबै उपाय अपनाएर पुनर्निर्माणको कामलाई गति दिइयो। धरहराको पुनर्निर्माण सम्पन्न भए पनि धरहरा क्षेत्रका बाँकी संरचनाको निर्माण भने जारी नै छ। बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि जमिनमुनि दुई तलाको भूमिगत संरचना रहनेछ र जमिनमाथि भूँइतलासहित २३ तला हुनेछ। यसरी समग्रमा धरहरा २५ तलाको हुनेछ।

जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ। भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ। धरहराभित्र २ वटा लिफ्ट हुनेछन्। एकपटकमा १० जनाले यात्रा गर्न सक्नेछन्। यसबाट वृद्धवृद्धा एवं अपांगता भएका व्यक्ति धरहरामाथिको पहुँचमा सहजता हुनेछ। साथै फलामको भर्‍याङ पनि रहनेछ । धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २० औं तल्लाबाहिर २.५ मिटर चौडाइको बार्दली रहेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सिफारिस