भरतपुर । चितवन । अखिल (क्रान्तिकारी) चितवन जिल्ला समन्वय समितिको २९औं जिल्ला सम्मेलनले ईन्जिनियर सुशिल कार्की (अब्दुल) लाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन गरेको छ।
कार्की यस अघि जिल्ला सचिव रहेका थिए । सम्मेलनबाट वरिष्ठ उपाध्यक्ष चोक बहादुर गुरुङ, उपाध्यक्षहरू सचिन भट्ट, देवराज अधिकारी र सविन गुरुङ रहेका छन्। त्यस्तै, सचिवमा सिद्धान्त मगर र सह–सचिवहरूमा अनुषका मानन्धर, युनिक सापकोटा, सुसान्त बिसुराल, मधुसुधन अधिकारी, विकसित शर्मा र सुरज परियार चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी उपास्ना भण्डारीले सम्हाल्ने भएकी छिन्।
शैक्षिक रूपमा पनि अग्रणी रहेका अध्यक्ष कार्कीले ईलेक्ट्रिकल ईन्जिनियरिङमा स्नातक र व्यवस्थापन (एमबीए) मा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। अध्यक्ष कार्कीले जिम्मेवारी ग्रहणपछि भने, ‘हाम्रो पुस्ता नयाँ विचार र नयाँ ऊर्जा बोकेर आएको हो, अब संगठनलाई नयाँ उचाइमा पु-याउने जिम्मेवारी हाम्रो हो।’
फेसबुक प्रतिक्रियाहरु