बुधबार, भदौ १०, २०८२
  • होमपेज
  • शिक्षा
  • चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’ शिक्षा मेला सुरु हुँदै
शिक्षा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’ शिक्षा मेला सुरु हुँदै

चितवन । ग्रेस इन्टरनेशनलको आयोजनामा ‘एडुभर्स २०२५’ शिक्षा मेला चितवनको नारायणगढमा सुरु हुने भएको छ । आगामी अगस्ट २९ देखि ग्रेस इन्टरनेशनल चितवन कार्यालयमा हुने मेलाको पहिलो दिन क्यानडाका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

ग्रेस इन्टरनेशनल नारायणगढ शाखाका प्रमुख गणेश लामिछानेका अनुसार सेप्टेम्बर २ मा न्युजिल्यान्ड, ५ मा अमेरिका, ९ मा अष्ट्रेलिया र १३ मा बेलायतका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरू सहभागी हुनेछन् । पाँच देशका ५० भन्दा बढी शैक्षिक संस्थाका प्रतिनिधिहरू प्रत्यक्ष उपस्थित हुने जनाइएको छ ।

विज्ञापन

सन् २००६ देखि शिक्षा सेवामा सक्रिय ग्रेस इन्टरनेशनलले चितवनसँगै काठमाडौं (बागबजार), बुटवल, विराटनगर, इटहरी, पोखरा र बागलुङमा पनि मेला आयोजना गर्नेछ । विद्यार्थी र अभिभावकहरूले विश्वस्तरीय शैक्षिक अवसरबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।

विज्ञापन

मेलामा सहभागी विद्यार्थीका लागि स्वीमिङ भौचर, मुभी टिकट, आइएलटिएस् र पिटिइ कक्षामा ५० प्रतिशत छुट लगायत विभिन्न उपहारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । साथै विद्यार्थीहरूले विश्वविद्यालयका प्रतिनिधिसँग व्यक्तिगत परामर्श, निःशुल्क प्रोफाइल मूल्याङ्कन, अन–द–स्पट भर्ना र शतप्रतिशतसम्म छात्रवृत्तिको अवसर पाउनेछन् ।

चितवनमा विश्वासिलो शैक्षिक परामर्शदाताको रूपमा स्थापित ग्रेस इन्टरनेशनलले पछिल्ला १८ वर्षदेखि सयौँ विद्यार्थीलाई परामर्श तथा भाषा कक्षाको सेवा दिँदै आएको छ । संस्थाले सामाजिक क्षेत्रमा पनि विभिन्न गतिविधि गर्दै आएको छ ।

लामिछानेका अनुसार, “‘एडुभर्स २०२५’ ले नेपाली विद्यार्थी तथा अभिभावकलाई विश्वस्तरीय शैक्षिक संस्थासँग प्रत्यक्ष सम्पर्क गर्ने अवसर प्रदान गर्नेछ, जसले उनीहरूलाई भविष्यका लागि सूचित र सही निर्णय लिन सहयोग गर्नेछ ।”

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस