भरतपुर,भदौ ६ । चितवनको भरतपुर-२ क्षेत्रपुरमा रहेको फोर्ब्स कलेजले सुदुरपश्चिम विश्वविद्यालयसँग सम्बन्धन लिएर बिबिए कार्यक्रम यस वर्षदेखि सञ्चालन गर्ने भएको छ । ६६ जनाको कोटा रहेको कार्यक्रममा भर्ना कार्यक्रम सञ्चालन भैरहेको र यस वर्षका लागि एक करोड बढीको छात्रवृति प्रदान गर्ने कलेजका प्राचार्य हरि शरण पाठकले जानकारी दिनुभयो ।
छात्रवृत्तिबाट जेहेन्ददार, गरिब, जनजाति, सहिद परिवार, अल्पसंख्यक, फरक क्षमता भएका विद्यार्थीहरू लाभान्वित हुन सक्ने छन् । साथै पहिलो २० जना भर्ना हुने विद्यार्थीलाई विशेष छात्रवृति रहेको पनि जानकारी प्राचार्य पाठकले गराउँदै समयमा नै कलेजमा सम्पर्क गर्न विद्यार्थी तथा अभिभावकलाई आह्वान गर्नुभयो ।
कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षा मात्र नभइ प्रयोगात्मक शिक्षा, अतिरिक्त क्रियाकलाप, इण्डस्ट्रीयल एक्सपोजर, व्यक्तिगत विकास, बिजनेस स्टार्टअपको माध्यमबाट अध्यापन गराउने र उत्तिर भएका सम्पूर्ण विद्यार्थीहरूलाई आफ्नै व्यवसाय गर्न, रोजगारी प्राप्त गर्न विभिन्न संघ संस्थासँग समन्वय गरी सहयोग गर्ने कलेजले जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु