सोमवार, अशोज २६, २०८२
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ‘पुटिनले हामीलाई मूर्ख बनाउन सक्दैनन्’ : जेलेन्स्की
अन्तर्राष्ट्रिय

‘पुटिनले हामीलाई मूर्ख बनाउन सक्दैनन्’ : जेलेन्स्की

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफूहरूलाई मूर्ख बनाउन नसक्ने बताएका छन्।

बुधबार बर्लिनमा युरोपेली नेताहरूसँग भेटघाट र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेपछि जेलेन्स्कीले भनेका छन्, ‘पुटिनले हामीलाई मूर्ख बनाउन सक्दैनन्।’

विज्ञापन

यस क्रममा उनले अमेरिका युक्रेनप्रतिको समर्थनलाई निरन्तरता दिन तयार रहेको दाबी पनि गरेका छन्। राष्ट्रपति ट्रम्पले भने बुधबार रुस र युक्रेनबीचको युद्ध अन्त्यका विषयमा जर्मनीमा भएको वार्तामा फोनबाट भाग लिएका थिए।

विज्ञापन

युक्रेनका राष्ट्रपतिले ट्रम्पले शुक्रबार पुटिनसँगको भेटपछि आफूसँग सम्पर्क गर्ने बताएका छन्।मिडियासँगको कुराकानीमा जेलेन्स्कीले भनेका छन्, ‘यदि रुस युद्धविराममा सहमत भएन भने म उसविरुद्ध थप प्रतिबन्ध लगाइएको हेर्न चाहन्छु।’

उनले थपे, ‘पुटिन बकवास गरिरहेका छन्, उनी सीमासँग जोडिएको सम्पूर्ण क्षेत्र कब्जा गर्न खोजिरहेका छन्।’यही अगस्ट १५ मा युक्रेनमा युद्धविराम गर्ने विषयमा ट्रम्प र पुटिन अमेरिकाको अलास्कामा भेटवार्ता गर्ने तय भएको छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस