सोमवार, साउन २६, २०८२
  • होमपेज
  • शिक्षा
  • आरम्भको इन्ट्राकलेज कुलीनरी आर्टस प्रतियोगितामा सिजल स्क्वायर्ड प्रथम
शिक्षा

आरम्भको इन्ट्राकलेज कुलीनरी आर्टस प्रतियोगितामा सिजल स्क्वायर्ड प्रथम

चितवन । भरतपुरस्थित आरम्भ कलेजको इन्ट्रा कुलीनरी आर्टस प्रतियोगितामा सिजल स्क्वायर्ड प्रथम भएको छ । कलेजले शुक्रबार कलेज परिषरमा आयोजना गरेको प्रतियोगितामा फष्ट रनरअपमा फ्लेम्बी फोर्स , सेकेण्ड रनरअपमा रेलिङ रवलर्स र ससर स्क्याड समुहले थर्ड रनरअप जितेका हुन् । ब्याटल अफ क्युजिन नाम राखिएको प्रतियोगितामा ८ वटा टिममा ३२ जनाले विद्यार्थीले भाग लिएका कलेजका प्राचार्य सुरज शिवाकोटीले जानकारी दिनुभयो । सो अवसरमा सहभागी विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा सहभागी समुहहरुले पश्चिमी शैलीका विभिन्न परिकार प्रस्तुत गरेका थिए । प्रतियोगितामा प्रस्तुत गरिने व्यञ्जनहरूको स्वाद, प्रस्तुति, मौलिकता तथा समूहगत कार्य क्षमताको आधारमा समुहको मूल्यांकन गरिएको उहाँले बताउनु भयो । मूल्यांकन कर्तामा कसरा रिसोर्ट प्रमुख सेफ थानेश्वर भण्डारी र ल्याण्डमार्क नारायणगढका सेफ हेतईकर रहनु भएको थियो ।

विज्ञापन

बिएचएमका विद्यार्थीहरुलाई प्रोत्साहन दिन र व्यवसायिक रुपमा तयारी गर्ने उद्धेश्यसहित इन्ट्रा कलेज कुलीनरी आर्टस प्रतियोगिता राखिएको बिएचएम विभाग प्रमुख दिपेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

विज्ञापन

होटल मेनेज्मेन्टमा उत्कृष्ट स्थान बनाउन सफल कलेजले विद्यार्थीलाई यसअघि पनि विभिन्न प्रतियोगिताका साथै रचनात्मक, सिर्जनात्मक कार्य गर्दै आएको छ । यसैबीच कलेजले यही शैक्षिक सत्रका लागि स्नातक तहको लागि बिएचएम, बिआईटीएमका लागि भर्ना अभियान समेत सुरु गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस