शुक्रबार, साउन २३, २०८२
  • होमपेज
  • समाचार
  • आज मिति २०८२ साल साउन २३ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
समाचार

आज मिति २०८२ साल साउन २३ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

वि।सं।२०८२ साल साउन २३ गते । शुक्रबार । ईश्वी सन् २०२५ अगस्ट ८ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । वर्षा ऋतु । श्रीशाके १९४७ । श्रावण शुक्लपक्ष । तिथि–चतुर्दशी, २० घडी ३२ पला, दिउसो १ बजेर ४४ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–उत्तराषाढा, २४ घडी १ पला, दिउसो ३ बजेर ७ मिनेट उप्रान्त श्रवण । योग– प्रिती, ३ घडी ५९ पला, बिहान ७ बजेर ७ मिनेट उप्रान्त आयुष्मान । करण–वणिज, दिउसो १ बजेर ४४ मिनेट उप्रान्त भद्रा, रातको १ बजेर ३९ मिनेट उप्रान्त बव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–मकर ।

पूर्णिमा व्रत। श्री शिवजीमा पवित्रारोपण गर्ने दिवस। बाजुरामा बडीमालिका मेला। हयग्रीवोत्पत्ति। विश्व भू संरक्षण दिवस।

विज्ञापन

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

विज्ञापन

विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार तथा औद्योगिक क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ भने थप लगानी बढाउने वातावरण बन्नेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नी बिच विश्वास बढेर जानेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नतिको योग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

सामाजिक तथा परोपकारी कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको तय हुनेछ । व्यापार व्यवसायमा आज गरिने लगानीबाट भविष्यमा राम्रो नाफा कमाउन सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो प्रगति गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा सम्मान पाइनेछ । माया प्रेममा रमाउन चाहने जोडीहरूका रमाइलो यात्राको अवसर जुर्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापारको सिलसिलामा छोटो दुरीको यात्रा हुने अधिक सम्भावना रहेको छ । व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । भौतिक साधनहरू जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत सङ्गीतमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफन्त तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइने हुँदा अगाडी बढ्न सहज हुनेछ । तपाईँसँग मनमुटाबको भावना राख्ने तथा शत्रुता साध्नेहरू आफै कमजोर हुनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुनाले व्यापार व्यवसायमा प्रशस्त आम्दानी हुनेछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले नयाँ नयाँ काम गर्न सकिनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रा र मनोरञ्जनमा समय व्यातित हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । व्यापार व्यवसायमा अरू दिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । चिट्ठा पर्ने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरीको प्रगतिमा मन प्रसन्न हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाब बढ्ने योग रहेको छ । पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरे पनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरु दिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूका लागी प्रकृतिले साथ दिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो काम गरी प्रसिद्धि कमाउन सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

पारिवारिक माहौलमा समय बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसी व्यापारमा समय व्यातित हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाइनाले कामहरू तीव्र गतिमा अगाडी बढाउन सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै काम गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पुराना कमीकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाइलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ । व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिनेछ । राजनीतिज्ञ तथा पत्रकारको लागी समय राम्रो रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मन परेको मानिसबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । न्याय सङ्गत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ । मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आए पनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । शिक्षा तथा बैकसँग सम्बन्धित कामबाट नाफा कमाउन सकिनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । इच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस