शनिबार, साउन १७, २०८२
  • होमपेज
  • खेलकुद
  • ‘एक्सपर्ट फुटसल फेस्ट–२०२५’को उपाधि वाल्मीकिलाई
खेलकुद

‘एक्सपर्ट फुटसल फेस्ट–२०२५’को उपाधि वाल्मीकिलाई

चितवन, साउन १५ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित ‘एक्सपर्ट फुटसल फेस्ट–२०२५’ को उपाधि वाल्मीकि शिक्षा सदन भरतपुरले जितेको छ ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा भरतपुर–३, बाह्रघरे स्थित क्यासी स्पार्टस्मा आज भएको फाइनल प्रतिस्पर्धामा होली भिजन पब्लिक स्कुललाई ८–३ को फराकिलो गोल अन्तरले पराजित गर्दै वाल्मीकिले उपाधि जितेको हो । उपाधिसंगै वाल्मीकिले नगद ५० हजार रुपैयाँ र आकर्षक ट्रफी मेडल प्राप्त गर्‍यो । उपविजेतामा चित्त बुझाएको होली भिजनले नगद २५ हजार रुपैयाँ र मेडल प्राप्त गर्‍यो ।

विज्ञापन

यस्तै सर्वाधिक गोलकर्ता होली भिजन पब्लिक स्कुलका यमबहादुर दुरा घोषित भए भने , उत्कृष्ट गोलकिपर वाल्मीकिका अंकित तामाङ र प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी वाल्मीकिकै मोनिक आले घोषित भए । उनीहरुले जनही ३ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । यस्तै सेमीफाइनलमा पुगेका दुई टिम प्रेसिडेन्सी कलेज र नारायणी इङलिस पब्लिक स्कुलले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

विज्ञापन

विजेता र उपविजेता टिमलाई समापन समारोहका प्रमुख अतिथि भरतपुर–३ का वडा अध्यक्ष विकास थापाले पुरस्कार वितरण गर्नुभयो । त्यसक्रममा बोल्दै वडा अध्यक्ष थापाले खेलकुद स्वास्थ्य र राष्ट्र दुवैका लागि भएको भन्दै युवाहरुको खेलप्रति लगावको सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले खेलकुदमा युवाहरुलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले आयोजक एन्फा चितवन र मुख्य प्रायोजक एक्सपर्ट चितवनलाई धन्यवाद दिनुभयो ।

आजै भएको दुई सेमीफाइनलमा होली भिजनले प्रेसिडेन्सी र वाल्मीकिले नारायणी इङलिस पब्लिक स्कुललाई पराजित गर्दै फाइनल स्थान तय गरेको थियो । समापन समारोहमा एक्सपर्ट चितवनका रिजनल म्यानेजर किरण पौडेल (नरहरि), कार्यक्रम संयोजक रामहरि ढकाल, नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दीपेन्द्र अधिकारीलगायतको उपस्थिति रहेको थियो । चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय घलेको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रम एक्सपर्ट चितवनका बिजनेश डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले संचालन गर्नुभएको थियो ।

एक्सपर्टले अगष्ट ८ का दिन वार्षिकोत्सव मनाउँदै आइरहेको छ । साउन २३ गते हुने वार्षिकोत्सवको दिन विशेष कार्यक्रम आयोजना गरिने छ ।वार्षिकोत्सवको अवसरमा फुटसलसंगै एक्सपर्टले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस