आइतवार, साउन १२, २०८२
  • होमपेज
  • चितवन विशेष
  • चितवन प्रहरीले समात्यो पौने सात क्वीन्टल गाँजा
चितवन विशेष

चितवन प्रहरीले समात्यो पौने सात क्वीन्टल गाँजा

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले अवैधानिक रुपमा भारततर्फ निर्यात गर्न लागेको पौने सात क्वीन्टल गाँजा बरामद गरेको छ । बिहान करिब ४ बजेको समयमा चितवन प्रहरीले ६ सय ७१ किलोग्राम गाँजा बरामद गरेको हो ।

चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले दिएको जानकारी अनुसार चितवन हुँदै भारततर्फ लैजान लागेको अवस्थामा राप्ती नगरपालिका १, को लोथर पुल नजिकैबाट बरामद गरेको हो ।

विज्ञापन

भारतबाट नेपाल आएको यूपी ८२ टी ३९२१ नम्बरको भारतीय ट्रकको अगाडि ड्राइभर बस्ने सिट माथि फल्स बटन बनाइ त्यसमा उस्तै प्रकृतिका ४३ वटा प्याकेट बनाइ राखेर ल्याइएको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको हो ।

विज्ञापन

गाँजासँगै प्रहरीले ट्रक र चालक भारतको पूर्वी चम्पारण जिल्लाको तुर्कालिया घर भएका ३७ वर्षीय शेख सविल अख्तरलाई पनि नियन्त्रणमा लिएको छ । प्रहरीले चालकसँग रहेको एक थान मोबाइल पनि बरामद गरेको जनाएको छ ।

चितवनकै माथिल्लो भेगमा अवैधानिक रुपमा लगाइएको गाँजा भारत लैजाने सूचनाको आधारमा नियन्त्रणमा लिइएको एसपी पुरीले जानकारी दिए । गाँजा तस्करीमा संलग्न अन्य व्यक्ति बारे पनि खोजी तथा अनुसन्धान भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस