शनिबार, भदौ २०, २०८२
  • होमपेज
  • चितवन विशेष
  • व्यवसाय दर्ता र नवीकरण नगर्नेलाई भरतपुर महानगरको कानुनी कारवाहीको चेतावनी
चितवन विशेष

व्यवसाय दर्ता र नवीकरण नगर्नेलाई भरतपुर महानगरको कानुनी कारवाहीको चेतावनी

भरतपुर । भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायको दर्ता तथा नवीकरण गर्न सुचना प्रकाशित गरेको छ। सूचना अनुसार आर्थिक वर्ष २०८२/८३ को लागि व्यवसाय नवीकरणको अन्तिम म्याद ३५ दिन (आगामी भाद्र १० गते )सम्म तोकिएको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५८ र भरतपुर महानगरको आर्थिक ऐन २०८० को दफा ३ को उपदफा (२) र (3)बमोजिम महानगर क्षेत्रभित्र सञ्चालित उद्योग, व्यापार, पेशा वा अन्य व्यवसायहरू दर्ता गर्नुपर्ने व्यवस्था छ। यस सन्दर्भमा, नगर कार्यपालिकाको कार्यालयले व्यवसाय दर्ता नगरेका वा नविकरण नगरेका व्यवसायहरूलाई यथाशीघ्र प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

विज्ञापन

सूचनामा उल्लेख भएअनुसार तोकिएको म्यादसम्म पनि दर्ता वा नविकरण नगर्ने व्यवसायहरूविरुद्ध महानगरले कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ। साथै, महानगरले व्यवसाय सम्बन्धी सूचनाहरू कार्यालयमा उपलब्ध गराउन समेत सबै व्यवसायीहरूलाई आग्रह गरेको छ।

विज्ञापन

सूचना अनुसार दर्ता तथा नवीकरण नगरेका व्यवसायहरूले नगरपालिकाको कार्यालयमा उपस्थित भई तोकिएको समयसीमा भित्र आवश्यक प्रक्रिया पुरा गर्नु पर्नेछ। अन्यथा कानुन बमोजिम जरिवाना तथा कारबाही लागु हुने जनाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस