शुक्रबार, असार २७, २०८२
  • होमपेज
  • खेलकुद
  • खेलकुदमन्त्री चौधरीको स्पष्टीकरण- एनपीएल रोक्न मेरो संलग्नता छैन
खेलकुद

खेलकुदमन्त्री चौधरीको स्पष्टीकरण- एनपीएल रोक्न मेरो संलग्नता छैन

काठमाडौँ, असार २७ । नेपाल प्रिमियर लिग (एनपीएल)को विषयलाई लिएर सार्वजनिक रूपमा उठेका आरोपप्रति युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कडा असन्तुष्टि व्यक्त गरेका छन् ।

मन्त्री चौधरीले आफूलाई एनपीएलको दोस्रो सँस्करण रोक्ने खेलमा संलग्न भएको भनी गरिएको प्रचार ‘पूर्णतः भ्रामक र तथ्यहीन’ रहेको स्पष्ट पारेका हुन् ।

विज्ञापन

उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाल प्रिमियर लिगको दोस्रो सँस्करण आयोजक संस्था नेपाल क्रिकेट संघ (क्यान)मार्फत नै नियमअनुसार सञ्चालन हुने सरकारको स्पष्ट अपेक्षा छ । त्यसलाई रोक्न मेरो कुनै संलग्नता छैन भन्ने कुरा जिम्मेवारीका साथ स्पष्ट गर्न चाहन्छु ।’

विज्ञापन

मन्त्री चौधरीले अघिल्लो संस्करणका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र त्यसको छानबिन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाइसकेको उल्लेख गर्दै त्यसलाई अतिरञ्जित गरिएकोप्रति गम्भीर आपत्ति जनाएका छन् ।

उनले २ दिनअघि नै त्यसबारेको प्रतिवेदन मन्त्रालयले प्राप्त गरिसकेको र त्यसको अध्ययनपछि कार्यान्वयन प्रक्रिया अघि बढाइने बताएका छन् ।

‘यस्ता भ्रमपूर्ण प्रचारहरूले क्रिकेटप्रेमी, खेलाडी तथा प्रतिस्पर्धी टोलीको मनोबल गिराउने भएकाले, यस्तो भूमिका नगर्न म सबैमा अनुरोध गर्दछु,’ मन्त्री चौधरीको भनाइ छ ।

मन्त्री चौधरीले सबै खेल संघ तथा महासंघहरूलाई आह्वान गर्दै आफ्नो आर्थिक र प्रशासनिक क्रियाकलापहरू पारदर्शी र प्रचलित कानून बमोजिम सञ्चालन गर्न आग्रह गरेका छन् ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस