शुक्रबार, असार १३, २०८२
  • होमपेज
  • खेलकुद
  • टाइब्रेकरमा राघव नायक बनेपछि डन भरतपुर मेयर कपको फाइनल प्रवेश
खेलकुद

टाइब्रेकरमा राघव नायक बनेपछि डन भरतपुर मेयर कपको फाइनल प्रवेश

चितवन । डन एकेडेमी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज (बिहीबार) सम्पन्न पहिलो सेमिफाइनलमा आदिकवि भानुभक्त माविलाई हराउँदै डन उपाधि नजिक पुगेको हो ।

भरतपुर ७ कृष्णपुरको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा डन टाइब्रेकरमा ३-० ले विजयी भयो । उसको जितमा गोलकिपर राघव बराकोटी नायक बने । उनले टाइब्रेकरमा भानु माविको लगातर दुई प्रहार बचाएका थिए । टाइब्रेकरमा भानु माविको पहिलो प्रहार क्रस बारमा लागेको थियो भने दोस्रो र तेस्रो लगातार दुई प्रहार डनका किपरले रोकेका थिए ।

विज्ञापन

त्यस अघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । निर्धारित समयमा भानु माविले तुलनात्मक रुपमा बढी मौका पाए पनि सदुपयोग गर्न भने सकेन । डनका गोलकिपर राघव प्लेयर अफ दि म्याच भए । उनी लगातार क्वाटरफाइनल र सेमिफाइनलमा प्लेयर अफ दि म्याच भएका हुन् ।

विज्ञापन

डनले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि (शुक्रबार) वाल्मीकी शिक्षा सदन र जनज्योति मावि भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा जारी प्रतियोगिताको फाइनल खेल असार १६ गते हुनेछ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस