पोखरा । पोखरा महानगरपालिका वार्ड नं १७ मा सञ्चालित ऐतिहासिक गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमि पुजन भोलि बुधबारदेखि गरिने भएको छ । गत चैत्र १७ गतेदेखि कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा विविध कार्यक्रमसँगै श्रीमद्भागवत कथा प्रवचन भइरहेको छ । चैत्र २९ गतेदेखि नेपालको कान्छी भागवत वाचिका अनुराधा पाण्डेयले कथा प्रवचन गरिरहेकी छन् ।
बुधबार विहान भूमि पूजनसँगै मूल यज्ञ कुण्ड खन्ने साइत पनि रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । सो दिन सहभागीताको लागि पनि आयोजकले सम्पूर्ण भक्तजनहरुलाई पनि आग्रह गरेको छ ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु