चितवन।
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आइतबार आयोजना गरेको शैक्षिक मेला ‘एक्सपर्ट एडु फेयर’ विद्यार्थीको घुइँचो लागेको छ ।
भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा सुरु भएको मेलामा विद्यार्थीहरुको विहानैदेखि भिड लागेको थियो । मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ३५ बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले प्रत्यक्ष रुपमा जानकारी लिएका थिए । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चलेको मेलामा अबेरसम्म विद्यार्थी उपस्थित थिए ।
उनले प्रत्यक्ष रुपमा युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधिबाट नै सबै जानकारी पाएकोमा खुशी व्यक्त गरेका छन् । एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मेलामा सहभागि सबै विद्यार्थीहरुलाई धन्यवाद दिनुभयो । ‘ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीको पनि उल्लेखीय उपस्थिति रह्यो, केही वर्षपछि जाने तयारीमा रहेका विद्यार्थीहरु समेत उपस्थिति भएर मेलाको फाइदा उठाउनु भएको छ’–अधिकारीले भन्नुभयो ।
विज्ञापन
‘एक्सपर्ट एडु फेयर’को बैंकिङ पार्टनमा माछापुच्छ्र्र«े बैंक र एजुकेशन पार्टनरमा ‘आइडीपी आइएलटिएस’ रहेको थियो । विद्यार्थीहरुले त्यहाँबाट पनि आफ्नो सेवा बारे जानकारी लिएका थिए ।
एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु