काभ्रे ।पाँचखाल नगरस्तरिय अन्तर विद्यालय नृत्य प्रतियोगितामा आजात मावि प्रथम भएको छ ।रिना फाउन्डेशनको आयोजनामा सोमबार भएको बृहत सांस्कृतिक कार्यक्रममा राम मावि दोस्रो र भक्रम्देवी माविले तेस्रो स्थान हासिल गरेको हुन् ।
१४ वटा विद्यालय सहभागी प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विद्यालयहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । पाँचखाल नगरपालिकाको सहकार्यमा भएको प्रतियोगितामा म्युजिक भिडियो निर्देशक प्रविन थापा, मोडल उषा सुवेदी, रविना भण्डारी र अस्मिता रनापाल निर्णायक रहेका थिए ।
रिना फाउन्डेशनले यसअघि पनि बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।कार्यक्रममा पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेलसहित जनप्रतिनिधि थिए ।यो कार्यक्रम श्रीराम मावि काभ्रेपलाञ्चोक पाँचखाल, कोशीदेखामा भएको थियो ।
विज्ञापन
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु