चितवन । श्री लोककल्याण सेवा प्रतिष्ठान श्रीरामजानकी बालिका आश्रमको आयोजनामा चितवनको पवित्रभुमि देवघाटमा बृहत महायज्ञ हुने भएको छ ।
यही फाल्गुण ३ गतेदेखि ९ गतेसम्म आश्रमका बालिकाहरूबाट ८१ औं जनुष्ठानको रुपमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो ।
१५ वर्ष अघि स्थापना भएको लोककल्याण सेवा प्रतिष्ठानले २ वटा कार्यको थालनी गर्दै आएको छ । प्रथम कार्य देशका विभिन्न स्थानमा रहेका असहाय बालिकालाई संरक्षण गर्ने र दोस्रो कार्य भनेको आषममा दिक्षित बालिकाहरूबाट वैदिक धर्म संस्कृतिको संरक्षण, सुसंस्कारयुक्त समाज निर्माण, धार्मिक जागरणको लागि देशका विभिन्न जिल्लामा १०८ महायज्ञ अनुष्ठान आयोजना गर्ने सत्संकल्प गरी ८०औं स्थानमा महायज्ञ अनुष्ठान सुसम्पन्न गरिएको श्रीरामजानकी बालिका आश्रमका महासचिव रामेश्वर खनालले जानकारी दिनुभयो ।
विज्ञापन
कार्यक्रममा सरिक भक्तजनहरुले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको कर्ता (यजमान) बनी आफ्ना पितृहरूको उद्धार कार्य गर्न समेत सकिने आयोजकले जनाएको छ ।
विज्ञापन
फाल्गुन ३ गते विहान ५:३० बजे पूर्वाङ्ग सहित ८:०० बजे कलश यात्रा दिनको ०१:३० मा उद्घाटन दिउँसो २:३० बजेबाट पाठपारायण र कथा प्रवचन ३ देखि ८ गतेसम्म दैनिक विहान मण्डप पूजा, ग्रह पूजा, हवन शान्तिपाठ, पितृसंकल्प ११:३० बाट ३:३० सम्म दिव्य कथा प्रवचन एवं भजन कीर्तन ५ गते विहान मण्डप पूजा हवन, तिर्लापण, पूर्णाहुति, विसर्जन, पूर्णाभिषेक, प्रसाद वितरण र विदाई गरिनुका साथै प्रत्येक दिन संस्थाका आजीवन सदस्य, सम्मानित सदस्य र दानदाताज्यूहरुलाई प्रमाण-पत्र एवं सम्मान पत्रद्वारा विभूषित गरिने संस्थाकी अध्यक्ष सावित्री टण्डनले जानकारी दिनुभयो ।
समाजका प्रत्येक बालबालिकाहरुलाई धर्म, संस्कृति र संस्कार सिकाउने, श्रीरामजानकी बालिका आश्रम कन्या गुरुकुल देवघाटधामका बालिकाहरुलाई सु-संस्कार प्रदान गर्दै देशकै योग्य छोरी तयार गर्ने । र बालिका आश्रमको अधुरो भवन निर्माण सम्पन्न गर्ने तथा अक्षयकोष स्थापना गर्ने संस्थाको एकमात्र उदेश्य रहेको महासचिव घिमिरेको भनाइ छ ।
फेसबुक प्रतिक्रियाहरु