आइतवार, माघ १३, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनमा महासचिव पदमा शिव बस्नेतको उम्मेदवारी
देश/प्रदेश

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनमा महासचिव पदमा शिव बस्नेतको उम्मेदवारी

काठमाडौँ, माघ १० । अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनमा महासचिव पदमा शिव बस्नेतले उम्मेदवारी दिएका छन् । देशकै सबैभन्दा बलियो र अनुशासित संगठनको रूपमा परिचित अखिल (क्रान्तिकारी) कृषि तथा वन विज्ञान विश्वविद्यालयका निवर्तमान अध्यक्ष रहेका बस्नेतले महासचिव पदमा उम्मेदवारी दिएका हुन् । कृषि, भेटेरिनरी, फरेष्ट्री, र फिसरी क्षेत्रबाट प्रतिनिधित्व गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालयकाको तर्फबाट पहिलो पटक केन्द्रीय महासचिव पदमा उम्मेदवारी दर्ता गराएको बस्नेतले बताए ।
पार्टी र संगठनलाई सुदृढ, सक्षम, र व्यवस्थित बनाउँदै देशको शैक्षिक, आर्थिक, राजनीतिक, सामाजिक, र साँस्कृतिक विकास तथा जनताको आधारभूत आवश्यकता पुरा गर्न प्रभावकारी संघर्षलाई अघि बढाउन महासचिव पदमा उम्मेदवारी दिएको उनको भनाई छ ।
बस्नेतको पहलकदमीमा एएफयुको बिएससी र एमएससी अध्ययनरत एक हजार भन्दा बढी विद्यार्थीलाई संगठित गरी नेतृत्व गरिरहेका छन् । उनले अखिल (क्रान्तिकारी) सम्पूर्ण सदस्य, समर्थक, र शुभचिन्तकहरूलाई मतदान गरी विजय गराउन अपिल समेत गरेका छन् ।
२३ औं राष्ट्रिय सम्मेलनको विषयलाई लिएर मंसिर १३ गते भएको ३२ वर्षे उमेरहद लगाउने र नलगाउने पक्ष र विपक्षमा निर्वाचनमा पक्षले जितेको हुँदा अखिल(क्रान्तिकारी)को २३ औं राष्ट्रिय सम्मेलन यही माघ १२ गते हुँदैछ ।
विद्यार्थी संगठन पार्टीको मेरुदण्ड हुनुपर्ने उनको भनाई छ । बस्नेतसहित १० जनाको महासचिव पदमा उम्मेदवारी परेको छ ।
–––

विज्ञापन

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस