Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, माघ ३, २०८१
  • होमपेज
  • चितवन विशेष
  • चितवन महोत्सवमा स्लो साइकल रेस प्रतियोगिता सम्पन्न, विजेताहरुलाई साइकल पुरस्कार
चितवन विशेष

चितवन महोत्सवमा स्लो साइकल रेस प्रतियोगिता सम्पन्न, विजेताहरुलाई साइकल पुरस्कार

चितवन।
नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ ।

महोत्सवमा विविधि विविधि गतिबिधिहरु भइरहेका छन् । जसमा दैनिक सांस्कृतिक कार्यक्रम भइरहेको छ भने कहिले काहिँ खेलकुदका गतिविधि समेत भइरहेका छन् ।

विज्ञापन

महोत्सव परिसरमा आज बिहान स्लो साइकल रेस प्रतियोगिता सम्पन्न भएको छ ।

विज्ञापन

साइकल व्यावसायी संघ चितवन नवलपुरसँगको सहकार्यमा महोत्सव मुल समितिले स्लो साइकल रेस प्रतियोगिता आयोजना गरेको हो । ३८ जना सहभागि भएको प्रतियोगितामा प्रथम, द्दित्तिय र तृतिय हुनेलाई साइकल पुरस्कार दिइएको चितवन महोत्सव खेलकुद समिति संयोजक शंकर प्रसाद घिमिरेले जानकारी दिए ।

स्लो साइकल रेसमा करन खड्का प्रथम, अन्जित ढकाल द्दित्तिय र सुरेश राना तृतिय हुन सफल भएका छन् । उनीहरुले क्रमशः गेर साइकल, लेडिज साइकल र सानो साइकल पुरस्कार प्राप्त गरेका छन् ।

खुला रुपमा खेलाडीको दर्ता गराइएको थियो । दर्ता शुल्क प्रति खेलाडी रु १०० रुपैयाँ तोकिएको थियो ।

प्रतियोगितापछि उद्योग वाणिज्य संघ समित र कर्मचारीहरु पनि मैत्रिपूर्णरुपमा स्लो साइकल रेस खेलेका थिए ।

पुष २५ गते बाट सुरु भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ ।

चितवन महोत्सव अन्तर्गत नै पुष २९ गतेबाट नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिबल समेत सुरु भएको छ । फुड फेस्टिबल माघ ७ गतेसम्म चल्ने छ भने बिहान ८ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस