चितवन । शैक्षिक परामर्श संस्था ग्लोबल रिच एजुकेशन कल्सल्टेन्सीले शैक्षिक मेला ‘अष्ट्रेलिया एजुकेशन फेयर’ सम्पन्न गरेको छ । आज (मंगलबार) भरतपुर ओरालो स्थित रोटरी भवनको चौथो तलामा रहेको आफ्नै कार्यालय परिसरमा मेला सम्पन्न भएको हो ।
विज्ञापन
शैक्षिक मेला उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिएको थियो । बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म सञ्चालन भएको मेलामा ३ सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको ग्लोबल रिचका चितवन प्रबन्धक सुरेश पौडेलले जानकारी दिए ।
विज्ञापन
ग्लोबल रिच पुरानो र स्थापित शैक्षिक संस्था भएकोले विद्यार्थी तथा अभिभावकको शैक्षिक मेलामा उत्साहजनक सहभागिता रहेको उनले बताए । मेलामा चितवन, नवलपरासी, मकवानपुर लगायतका विद्यार्थीहरु सहभागी भएका थिए ।
हरेक बर्ष जस्तै यसपटक पनि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीलाई युनिभर्सिटीका प्रतिनिधिसंँग प्रत्यक्ष परामर्श दिने उद्धेश्यसहित शैक्षिक मेला आयोजना गरिएको उनले बताए ।
विद्यार्थीहरुले पछिल्लो समय अष्ट्रेलियन सरकारले गरेको भिषाको पोलिसी, मापदण्ड, त्यहांँको अवस्था, काम, अवसर र चुनौतिको बारे युुनिभर्सिटीका प्रतिनिधिसंँग जिज्ञासा राखेका थिए ।
मेलामा अष्ट्रेलियाका प्रख्यात युनिभर्सिटी तथा कलेजका ९ जना प्रतिनिधिले परामर्श दिएका थिए । युनिभर्सिटीका प्रतिनिधिले विद्यार्थीलाई उपयुक्त परामर्श, युनिभर्सिटीमा सहजीकरण, स्कलरसिप र अफरलेटरमा सहजीकरण लगायतका बिषयमा जानकारी गराएका थिए ।
ग्लोबल रिचले विगत ३३ बर्षदेखि विद्यार्थीलाई सेवा दिंँदै आईरहेको छ भने विगत १८ बर्षदेखि नेपालमा सेवा दिईरहेको छ । ग्लोबल रिचको नेपालमा मात्र काठमाडौं, बुटवल, पोखरा, चितवन गरी चारवटा शाखा छन भने भारत, बंगलादेश, भुटान, श्रीलंका, अष्ट्रलियाका देशहरुमा गरी कुल ४२ वटा शाखा शाखा सञ्चालनमा छन् ।
संस्थाले उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, क्यानडा, वेलायत लगायतका विभिन्न देश जान चाहने विधार्थीहरुलाई शैक्षिक परामर्श, भर्ना प्रक्रिया सहजिकरण, भिसा आवेदनमा सहयोग गर्नुका साथै आइएलटिएस र पिटीईका कक्षाहरु सञ्चालन गरिरहेको छ।
फेसबुक प्रतिक्रियाहरु