बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • शिक्षा
  • एक्सपर्ट चितवनमा युएसए–क्यानडा हायर एडु कन्क्लेभ बुधबार हुँदै
शिक्षा

एक्सपर्ट चितवनमा युएसए–क्यानडा हायर एडु कन्क्लेभ बुधबार हुँदै

चितवन।
उच्च शिक्षा अध्ययनका लागि अमेरिका र क्यानडा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले मंसिर १९ गते बुधबार शैक्षिक मेला ‘युएसए क्यानडा हायर एडु कन्क्लेभ’ आयोजना गर्दैछ ।
एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’ भरतपुरमा बुधबार बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म शैक्षिक मेला चल्नेछ । मेलामा युएसएका १४ वटा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरु सहभागि हुनेछन् भने क्यानडाका १३ वटा कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा विद्यार्थीहरुलाई परामर्श दिनेछन् ।

एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी हुने बताए । शैक्षिक मेलामा सहभागि विद्यार्थीहरुलाई हातखाली नजाने उपहारको समेत व्यवस्था गरिएको छ । उनीहरुले पेन, छाता, मुभी टिकेट, कपाल काट्ने तालिम, ड्राइभिङ तालिम, स्वास्थ्य प्रयोगशाला परीक्षणमा विशेष छुटको कुपन प्राप्त गर्नेछन् ।

विज्ञापन

एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई, स्याट र डुलिङगो तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस