शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • घाममा अनुहार डढ्न नदिने उपाय: सनस्क्रिन कस्तो र कसरी लगाउने?
समाचार

घाममा अनुहार डढ्न नदिने उपाय: सनस्क्रिन कस्तो र कसरी लगाउने?

यतिखेर कडा घाम लाग्छ। थौरै घाममा निस्कँदा पनि अनुहारको छाला डढ्ने समस्या हुन्छ। त्यसैले सक्दो घाममा ननिस्कन पाए हुन्थ्यो भन्ने सबैलाई लाग्छ। तर, घाममा ननिस्किएर दैनिकी चल्दैन। चिसो मौसममा भन्दा गर्मीमा छालामा देखिने समस्या फरक हुन्छन्। गर्मीमा छाला कालो हुने मात्रै होइन, चायाँपोतो आउने र अनुहारमा कालो धब्बा बस्ने समस्या हुन सक्छ। छालामा चिल्लोपना बढी देखिन्छ। यो मौसमका कारण हुने नियमित प्रक्रिया भए पनि धेरैलाई समस्या लाग्छ।

किन निस्कन्छ चिल्लोपना?
गर्मीका कारण ताप शरीरको भित्री भागसम्म पुग्छ। घाममा निस्कँदा यसका किरणले छालाभित्र रहेको तेलीय पदार्थ पगालिदिन्छ। त्यही पदार्थ बाहिर निस्कन्छ। त्यसपछि धेरैले आफ्नो अनुहारमा चिल्लोपना बढेको भनेर समस्याका रुपमा प्रस्तुत गर्छन्।

विज्ञापन

यसका लागि क्लिनिङ लोसनको प्रयोग गर्नुपर्छ। जसले सतहमा भएको अनावश्यक पदार्थ सफा गर्छ। क्रिमयुक्त मस्चराइजर प्रयोग गर्नेले यो मौसममा जेल वा लोसनमा भएको मस्चराइजर प्रयोग गर्नु लाभदायी हुन्छ।

विज्ञापन

चिल्लो निस्कन रोक्नु हुँदैन। बरु यसलाई पटक–पटक कसरी सफा गर्ने भन्नेमा सोच्नुपर्छ। यसका लागि तेल सोस्ने खालको पेपर पाइन्छ बजारमा। त्यसको प्रयोग गर्न सकिन्छ। यो समयमा सूर्यका किरणले छालाका केही अंश नाश गर्न सक्छ। मरेका अंशका कारण अनुहारमा धब्बा देखिन थाल्छन्। यसका लागि त्यसलाई निकाल्ने विधि अपनाउन सकिन्छ। तर, यो जथाभावी गर्नुहुँदैन। चिकित्सकको सल्लाहअनुसार मात्रै अपनाउनुपर्छ।

सनस्क्रिन कस्तो लगाउने ?
अहिले घाममा निस्कनुअघि सनस्क्रिन लगाउनुपर्छ भन्ने जानकारी धेरैलाई छ। तर, सनस्क्रिन पनि प्रत्येक व्यक्तिको छालाको बनोटअनुसार फरक हुन्छ भन्ने जानकारी कमैलाई हुन्छ।

सूर्यबाट निस्किने अल्ट्राभायोलेट किरणले स्किनमा हुने मेलेनिन बनाउन सेललाई नोक्सान पुर्‍याउँछ। स्किन क्यान्सर यसको सबभन्दा ठूलो असर हो। सूर्यबाट दुई प्रकारका अल्ट्राभायलेट किरण धर्तीसम्म पुग्छन्, युभिए र युभिबी। युभिबीलाई सन प्रोटेक्सन फ्याक्टर (एसपिएफ)ले रोक्न सक्छ। यसको अधिक मात्राले युभिबी किरण रोक्न सहयोग गर्छ।

जब राम्रो सनस्क्रिनका बारेमा सोचिन्छ त अक्सर अधिक एसपिएफ रहेको क्रिममा आँखा रोकिन्छ। एसपिएफले युभिबी किरणलाई रोक्छ तर युभिएले स्किनलाई वास्तवमै नोक्सान पुर्‍याउँछ। एसपिएफसँगै सनस्क्रिनमा युभिएको कम्बिनेसन पनि जरुरी छ। त्यसैगरी जिंक अक्साइड, टाइटेनियम डाइअक्साइड, एक्मसुले र अक्सिबेजान पनि हुन जरुरी छ। युभिए र युभिबी दुइटै सही सनस्क्रिन हुन् तर यी एसपिफमा निर्भर हुन्छन्।

यी सनस्क्रिनबारे जानकार भएकाले थाहा पाउँछन्। तर, कतिपयले सनस्क्रिनबारे धेरै नबुझेका कारण जस्तोसुकै प्रयोगमा ल्याउँछन्। छालामा चिल्लोपना बढी भएकाले चिल्लोपना बढाउने खालकै सनस्क्रिन प्रयोगमा ल्याएको पनि हुन सक्छन्। त्यसैले सनस्क्रिनको प्रयोग पनि सक्दो छालासम्बन्धी चिकित्सकको सिफारिसअनुसार गर्ने बानी बसाल्नुपर्छ। एकपल्ट लिएको सल्लाहले वर्षाैंसम्म काम गर्छ।

कसरी लगाउने सनस्क्रिन ?
सनस्क्रिन लगाउने तरिका पनि जान्नु जरुरी छ। प्रायः घरबाट निस्कनै लाग्दा ढोकामा पुगेर सनस्क्रिन लगाउँछन्। तर, घरबाहिर निस्किनु १०–१५ मिनेट पहिले सनस्क्रिन लगाउनुपर्छ। दुई–तीन घन्टा घरबाहिर भएपछि फेरि सनस्क्रिन लगाउनुपर्छ। अक्सर सनस्क्रिन त्यस्तो मान्छेले लगाउनुर्छ, जो धेरै घाममा रहन्छन्। त्यसैगरी कम्प्युटरका अघिल्तिर धेरै समय रहनेका लागि पनि सनस्क्रिन लगाउनु जरुरी छ। स्विमिङ खेल्ने वा अरु नै खेलकुदमा सहभागी हुनेले वाटरफ्रुफ सनस्क्रिनको प्रयोग गर्दा राम्रो हुन्छ।

(छाला रोग विशेषज्ञ डा सोनिया गुप्तासँगको कुराकानीमा आधारित)

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस