सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • प्रभावकारी बन्दै भरतपुर महानगरको बजार अनुगमन
समाचार

प्रभावकारी बन्दै भरतपुर महानगरको बजार अनुगमन

आशिष अधिकारी , चितवन । भरतपुर महानगरपालिकाको नियमित दैनिक बजार अनुगमन निकै प्रभावकारी बन्दै गएको छ । स्वच्छ बजार कायम राख्न भन्दै महानगरपालिकाले बिगत डेढ बर्ष देखि बजार अनुगमन कार्यलाइ कडाइका साथ लागु गरेको छ । बिहिबार भरतपुर महानगरपालिकाले यस अघि अनुगमन गरिसकेका पसल तथा उद्योगहरुमा पुन अनुगमन गरेको छ । करिब डेढ महिना अगाडि अनुगमन गरेका ती पसल तथा उद्योगहरुमा बिहिबार महानगरले पुन अनुगमन गरेको हो ।

 

विज्ञापन

 

विज्ञापन

गत साउन महिनामा महानगरपालिकाले भरतपुर–१६ मा रहेको भगेरीथान कटेज एण्ड रेस्टुरेन्ट, धिताल मिष्ठान्न भण्डार गितानगर अनुगमन गरेको थियो।
अनुगमनका क्रममा सरसफाइमा ध्यान नदिएको,आबश्यक मापदण्ड पूरा नगरेको पाइएको थियोे । हामीले पहिलो पटकलाई सम्झाइ बुझाइ गरेउ,आइन्दा यस्ता खालका कमिकमजोरीहरु नदोहोर्‍याउने सर्तमा छाडेका थियौ अनुगमन समितिका टिम लिडर मनोज रानाभाटले भने, ‘आज हामी तिनै पसलहरुको पुनः अनुगमनमा गएका हौँ । आज आएर हेर्दा पहिलेको तुलनामा धेरै सुधार भएको पाइयो ।’

 

महानगरको बजार अनुगमन कार्य अति उत्तम छ, भरतपुर–१६ शिवघाटमा भेटिएका रमेश पनेरूले भने, ‘यस्तो अनुगमन महानगरपालिकाबाट दैनिक रुपमा हुनुपर्छ । महानगरको यस्ता खालका अनुगमनले व्यवसनयी र उपभोक्ता दुवैलाइ सच्चिने र सच्याउने मौका मिल्छ ।’

बजारमा हुन सक्‍ने ठगी तथा अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण, खाद्य गुणस्तर कायम राख्‍न भन्दै भरतपुर महानगरले बजार अनुगमनलाइ नियमित नै गरिरहेको छ । बजार अनुगमन कार्य भरतपुर महानगरअन्तर्गतको उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइको दैनिक बजार अनुगमन कार्यमै पर्दछ ।

स्वच्छ एवं उपभोक्तामैत्री व्यापारिक क्रियाकलापका लागि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति अनुगमनमा सक्रिय रहेको छ ।
बजारको नियमित अनुगमनका लागि महानगरले निरीक्षण अधिकृत र अनुगमन टोली नै बनाएर बजार अनुगमनमा पठाएको छ । अनुगमनमा खाद्यान्न, तरकारी, मरमसला, फलफुल, माछा, मासु, दूध तथा दूग्धजन्य खाद्यवस्तुको मूल्य र गुणस्तर हेर्ने गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय चितवनका खाद्य निरीक्षक बन्दना पन्तको भनाइ छ। उपभोग्य सामान मात्र बिक्री वितरण गराउन सकियोस् भन्ने उद्देश्यले अनुगमनलाई तीव्र बनाइएको भरतपुर महानगरपालिकाले जनाएको छ ।

बजारमा हुने कालो बजारी, राजश्व छली, म्याद गुज्रिएका दैनिक उपभोग्य बस्तुहरु माथीको अनुगमन तथा निरीक्षण कार्यलाइ भरतपुर महानगरपालिकाले निरन्तरता दिइरहेको छ,समितिका सदस्य बिष्णु बहादुर भुजेलले भने,नियमित सयुक्त बजार अनुगमनको टोलिले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा बिनाइजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको हो ।

व्यवसायीलाई मापदण्डअनुसार आफ्नो व्यापार सञ्चालन गर्न, मूल्यसूची कायम राख्न, नाप तौलमा एकरुपता ल्याउन, बिल भर्पाइलार्इ छरितो बनाउन, चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुहरुमा कालो बजारी नगर्नका लागि सजग गराइएको अर्का सदस्य गोपाल दराइको भनाइ छ । उपभोक्ताहरुको हितलाई ध्यानमा राखी स्व्च्छ बजार कायम राख्न भरतपुर महानगरले आफ्नो क्षेत्रभित्र हुने स्थानीय बजारमा अनुगमनलाई तीव्रता दिएको छ ।

बजार अनुगमनमा गएको टोलीले बजार अनुगमनलाई औपचारिक भन्दा पनि प्रभाकारी बनाएर जाने निर्णय गरेको छ । वस्तु वा सेवाका उत्पादक, आयातकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता, संकलनकर्ता बजारसँग सम्बन्धित पक्ष हुन् । यी पक्षको दर्ता, अनुमति, सिफारिस, नवीकरण हामीले हेर्ने गरेका छौँ,’ उपभोक्ता हित संरक्षण शाखा तथा शासकीय सुधार इकाइका अधिकृत ठानेश्वर सापकोटाले भने । अनुचित व्यापारिक क्रियाकलाप र बजारको तह निर्धारण महानगरसँग सम्बन्धित विषय हुन् ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को नगरपालिकाको अधिकारको बुँदा नम्बर ‘ञ’ ले स्थानीय बजार व्यवस्थापनसम्बन्धी व्यवस्था गरेको छ । उक्त व्यवस्थामा वातावरण संरक्षण र जैविक विविधता शीर्षकमा स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हितसम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने बजार तथा हाट बजार व्यवस्थापन गर्ने विषय समावेश छन् । स्थानीय वस्तुहरुको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन गर्ने, स्थानीय वस्तु तथा व्यपारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ ।

महानगरको नियमित अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोकिएका छन भने स्वच्छ तथा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताका मौलिक अधिकार सुनिश्चित हुँदै आएको पनि महानगरको अपेक्षा छ । उपभोक्ता सरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस