काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले गठबन्धनमा कसैले दम्भ नदेखाउन आग्रह गरेका छन् ।
विज्ञापन
सत्ता गठबन्धनसहित चुनावमा होमिएको बेलामा कसैले दम्भ देखाउन नहुने उनले बताएका हुन् ।
विज्ञापन
उनले फेसबुकमा लेखेका छन्, ‘ठूलो पार्टी/दल हुँ भन्नेले ठूलै इमानदारिता, फराकिलो मान्यता, दृष्टिकोण र सहज सहकार्यको अनुभूति दिलाउन सक्नुपर्छ । सत्ता गठबन्धनमा सबैभन्दा बढी जिम्मेवारी, इमानदारिता गठबन्धनको संस्कार संस्कृति नेपाली कांग्रेसमा हुनुपर्दछ ।’
उम्मेदवारी दर्तासम्म सहकार्यको बेइमानी रुप कांग्रेसमा देखिएको उनले आरोप लगाएका छन् । पराजुलीले चेतावनीको शैलीमा भनेका छन्, ‘अझै समय छ, बेलैमा सोच्नु नै नेपाली कांग्रेसका लागि हितकर छ । कुनै दल ठूलो हुनु र सानो हुनु यो नियमित प्रकिया जस्तै हो । अघिल्लो चुनावको नजिरलाई हेर्दा पनि हुन्छ ।’
दम्भ, अंहकार र घमण्डले नै समाप्तिको दिशातिर लैजाने उनको भनाइ छ । ‘वास्तविक धरातलको सम्मानका साथ सत्ता गठबन्धनमा अघि बढौं । सबैलाई चेताना भया’, उनले लेखेका छन्, ‘राजनीतिक स्थिरता नेपाली राजनीतिको अपरिहार्यता हो ।’
फेसबुक प्रतिक्रियाहरु