सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • समाचार
  • एमालेका सुरेन्द्र पाण्डेले टिकट पाउने सम्भावना कम
समाचार

एमालेका सुरेन्द्र पाण्डेले टिकट पाउने सम्भावना कम

काठमाडौं । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेले टिकट पाउन सम्भावना कम देखिएको छ । चितवन क्षेत्र नम्बर १ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे र पूर्व जिल्ला अध्यक्ष जगन्नाथ थपलियाको नाम सिफारिसमा परेको छ । उनीहरुमध्ये कसलाई टिकट दिने तय भइसकेको छैन । क्षेत्र नम्बर ३ मा पनि कस्लाई उम्मेदवार बनाउने भन्नेबारे टुंगो नलागेको एक नेताले बताए ।

यस्तै चितवन २ बाट कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । क्षेत्र नम्बर २ मा भने प्रदेशसभा सदस्यहरुको उम्मेदवार समेत तय भैसकेको छ । एक नेताका अनुसार ‘क’मा कृष्ण सिलवाल र ‘ख’मा देवी ज्ञवालीलाई टिकट दिने तय भएको छ । सिलवाल इच्छा मनकामना गाउँपालिकाका पूर्व अध्यक्ष समेत हुन् ।

विज्ञापन

क्षेत्र नम्बर ३ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानको नाम एकल रुपमा सिफारिसमा परेको छ । तर राप्रपासँग आज साँझ वार्ता गर्ने तय भएकाले उनको टिकट टुंगिएको छैन । प्रदेशसभामा भने ‘क’ मा कृष्ण भुर्तेल र ‘ख’मा सरस्वती विष्ट उम्मेदवार हुने तय भएको छ । भुर्तेल निवर्तमान सांसद हुन् भने विष्ट अनेमसंघ चितवनका पूर्व अध्यक्ष हुन् ।

विज्ञापन

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस