शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • समाचार
  • सिंहदरबारमा छलफलपछि वामदेव गौतमको प्रतिक्रिया : अबको हाम्रो नेता प्रचण्ड
समाचार

सिंहदरबारमा छलफलपछि वामदेव गौतमको प्रतिक्रिया : अबको हाम्रो नेता प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।

सोमवार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा २ नेताबीच भेट भएको प्रचण्डको सचिवालयले बताएको छ ।

विज्ञापन

प्रचण्ड र गौतम बीचको भेटमा समाजवादी केन्द्रको एकता संयोजन समिति बनाउने विषयमा छलफल भएको बताइएको छ ।

विज्ञापन

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा एकता राष्ट्रिय अभियान र डा. बाबुराम भट्टराईको टीमलाई मिलाएर समाजवादी केन्द्र बनाउनेबारे नेताहरू जोडतोडले जुटेका छन् ।

छलफल सकेर बाहिरिने क्रममा गौतमले आफूहरूको नेता प्रचण्ड भएको भन्दै बाँकी कुरा उनैलाई सोध्न पत्रकारलाई भनेका छन् ।

समाजवादी केन्द्रको एकता संयोजन समितिको संयोजक पनि प्रचण्डलाई नै बनाउन लागेको संकेत गौतमले गरेका छन् ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस