शनिबार, भदौ ६, २०८२
  • होमपेज
  • समाचार
  • नागरिकता विधेयकको बचाउ गर्दै वामदेवले भने : सरकारको निर्णय ठीक छ
समाचार

नागरिकता विधेयकको बचाउ गर्दै वामदेवले भने : सरकारको निर्णय ठीक छ

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वैवाहिक अंगीकृत नागरिकता लिन चाहने महिलाले आफ्नो देशको नागरिकता त्याग्ने व्यवस्था गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि सोमवार बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले वैवाहिक अंगीकृत नागरिकता लिनुपहिले आफ्नो देशको नागरिकता परित्याग गर्नुपर्ने प्रावधान राख्नुपर्ने बताएका हुन्।

विज्ञापन

उनले उक्त प्रक्रिया पूरा गरेपछि मात्रै नागरिकता प्रदान गर्नुपर्ने बताएका छन्। नागरिकताको समस्या समाधान गर्न सरकारले विधेयक ल्याएर ठिक गरे पनि कतिपय प्रावधानहरु सच्याउनुपर्नेमा उनले जोड दिए।

विज्ञापन

‘हाम्रो देशमा वैवाहिक अंगीकृत नागरिकताबारे व्यवस्था थोरै सच्याउनुपर्छ। सच्याउनु भनेको उताको नागरिकता परित्याग गर्न प्रक्रिया शुरु गरेको भारतको सम्बन्धित निकायबाट कुनै प्रमाण-पत्र लिएर आउनुपर्छ। मैले प्रक्रिया शुरु गरेको छु भनेर प्रमाण दे‌‌ओस्’, उनले भने, ‘त्यो प्रक्रिया शुरु भएको कागजपत्र लिएर आएपछि पाउनुपर्छ। यो नेपाली जनताको विशेष अवस्था हो। आधाभन्दा धेरै जनसंख्या बसेको तराईको समस्या हो। यो समस्या समाधान गर्न अहिले सरकारले जे व्यवस्था गरेको छ, ठीक गरेको छ। यसमा केही–केही सच्याउनुपर्ने छ। सच्याउने काम होस्।’

 

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस