काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ‘दश भाइ’लाई नशाबाट बाहिर आउन सुझाव दिएका छन् । शनिबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीलाई अनावश्यक गाली नगर्न पनि आग्रह गरे ।
“कथित दश भाइका विभिन्न अभिव्यक्ति म सुन्दैछु, अझै पनि दिमागबाट उनीहरूको नशा उत्रिएको छैन । तथानाम लेखिरहेका छन् । दासजस्तो भएर बसिरहेका छन्,” अध्यक्ष नेपालले भने, “उनीहरूमा कुनै मूल्यमान्यता छैन । पदीय गरिमा पाएका छैनन् । तर पनि अहिले हामीलाई धारे हात लगाउने दुस्साहस गरिरहेका छन्, नगरुन् ।”
विज्ञापन
उनले तत्कालीन नेकपामा विद्रोह जायज रहेको स्मरण गरे । त्यसैले विद्रोह गरेको उनले स्पष्ट पारे । “होइन भने दास भएर बस्नु पर्नेथियो । अथवा राजनीतिबाट पलायन हुनुपथ्र्यो । अहिलेसम्म कसैको आँखा खुलेको छैन भने उनीहरूको पनि आँखा खुलोस्,” उनले भने ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु