बिहिबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • समाचार
  • पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बालेन्द्र, तीनै दलका घोषणापत्र समेटिँदै
समाचार

पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बालेन्द्र, तीनै दलका घोषणापत्र समेटिँदै

Renu Dahal

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ। आइतबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगपालिकाका प्रवक्ता बसन्त आचार्यले जानकारी दिए।

उनका अनुसा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बसेर त्यसलाई अनुमोदन गर्ने तयारी छ। नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाएको थियो।

विज्ञापन

काठमाडौंको नीति तथा कार्यक्रम : बालेन्द्रको ‘भिजन’मा तीनदलको घोषणापत्र ‘फ्युजन’

विज्ञापन

महानगरमा १९ जना वडाध्यक्ष नेपाली कांग्रेस, १२ जना वडाध्यक्ष जितेको नेकपा एमाले र एउटा वडाध्यक्ष जितेको एकीकृत समाजवादीका घोषणापत्रलाई पनि नीति कार्यक्रममा समेटिने भएको छ।

महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने तयारी छ।

फेसबुक प्रतिक्रियाहरु

सम्बन्धित समाचार

भर्खरै

सिफारिस