शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • समाचार
  • धनगढीका लागि उडेको देउवा सवार हेलिकप्टरमा इन्धन सकिएपछि भैरहवामा अवतरण
समाचार

धनगढीका लागि उडेको देउवा सवार हेलिकप्टरमा इन्धन सकिएपछि भैरहवामा अवतरण

सुदूरपश्चिममा हुने कार्यक्रमका लागि धनगढी जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकप्टर शुक्रवार भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ ।

रूपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले इन्धन भर्नका लागि प्रधानमन्त्री देउवा सवार हेलिकप्टर भैरहवा विमानस्थलमा झरेको बताए ।

विज्ञापन

‘लङ रूट भएपछि हेलिकप्टर भैरहवा अवतरण गरी रिफ्युल गरिएको हो । उहाँ एयरपोर्टमै १५–२० मिनेट बस्नुभएको थियो,’ एसपी रेग्मीले भने ।

विज्ञापन

देउवासँगै हेलिकप्टरमा शिक्षामन्त्री देवेन्द्र पौडेल पनि थिए । देउवा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन धनगढीतिर लागेका हुन् ।

एयरपोर्टमा रूपन्देहीका कांग्रेसका जिल्लास्तरीय नेताहरूले भेटघाट गरेका थिए । विमानस्थलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं तिलोत्तमाका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थनगरका मेयर ईस्तियाक अहमद खान, सिद्धार्थनगरका सभापति कोशिसबहादुर खड्का, तरुण दलका जिल्ला अध्यक्ष सोमबहादुर गुुरूङ, नगर अध्यक्ष दिपेन्द्र बुढाप्रीती, युवा नेता एवं पूर्व जिल्ला सदस्य ओमकुमार श्रेष्ठ लगायतले देउवासँग भेटघाट गरेका थिए ।

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस