आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • ठूला नेता भ्रष्ट भए, सके अवकाश लिऊन्, नत्र जेल हालौँः सुदन किराँती
समाचार

ठूला नेता भ्रष्ट भए, सके अवकाश लिऊन्, नत्र जेल हालौँः सुदन किराँती

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले अमेरिकी सैन्य सहयोग सम्झौता स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) रद्द गर्न सरकारलाई सुझाव दिएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद किरातीले नेपाली सेना र अमेरिकी दूतावासको विज्ञप्तिमै अन्तरविरोध देखिएको भन्दै पहिला रद्द गर्न आग्रह गरे।

विज्ञापन

उनले संविधानमा व्यवस्था रहेको परराष्ट्र नीतिलाई ख्याल नगरी स्वार्थ समूहको पछि लागेर समस्या देखिएको बताए।

विज्ञापन

‘संविधानको लीक छोडेर परराष्ट्र नीति बाहिर गइसक्यो। यो घटनासम्म आइपुग्दा संविधानमा स्पष्ट हाम्रो बैदेशिक नीति हुँदा हुँदै पनि कार्यान्वयन तहमा जब हामी जान्छौँ, स्वार्थ समूहहरु मनसाय हाबी हुने देखिएको छ,’ किरातीले भने, ‘यसलाई करेक्सन गर्ने बेला आयो भन्ने मलाई लाग्छ।’

सांसद किरातीले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्थगन गर्न माग गरे।

‘प्रधानमन्त्रीको अमेरिका भ्रमण के होरु मलाई थाहा छैन। टुंगिएको छ वा छैन, यदि टुंगिएको भए यो भ्रमण निजी होइन, राज्यको हो’, उनले भने, ‘त्यसकारण एजेण्डा राज्यको हीतमा हुनुपर्छ र त्यो साझा हुनुपर्छ। म गम्भीरताकासाथ भन्न चाहन्छु, यस्तो अन्तरविरोधी बेला, निर्वाचननजिक आइरहेका बेला, यो भ्रमण रोकिनुपर्छ, स्थगन हुनुपर्छ।’

उनले नेपाली सेनामाथि पनि प्रश्न उठाउँदै हुन्छ भने हुन्छ, हुँदैन भने हुँदैन भन्न सक्नुपर्ने पनि बताएका छन्।

‘सेना भनेको त्यस्तो संस्था हो, जसले सेतो वा कालो भनेर बोल्नुपर्छ। हुन्छ या हुन्न भनेर बोल्नुपर्छ। सेनाको पछिल्लो विज्ञप्ति र अमेरिकी दूतावासको विज्ञप्ति अन्तरविरोधी छन्’, उनले भने, ‘अन्तरविरोधी कुराले नेपालीको शीर झुकेको मलाई महसुस भएको छ।’

दूतावासको विज्ञप्तिलाई आधार मान्ने हो भने एसपीपी कार्यान्वयनमा गइसकेको पनि उनले बताए। ‘अब यसलाई गर्नु हुँदैन भनेर मात्र पुग्दैन, सरकारले रद्द गर्नुपर्छु, उनले थपे, ‘नेपाली जनता र राष्ट्रलाई विश्वासमा लिन सक्नुपर्छ। तुरुन्त रद्द गरियोस्।’

उनले देशको मामिलामा पनि ठूला नेताहरु नांगेझार हुँदै आरोप प्रत्यारोपमा उत्रिएको बताए।

ुठूला ठूला नेताहरु आरोप प्रत्यारोपमा उत्रिने संस्कार बन्यो नांगोझार भएरु, उनले भने, ‘आरोप पत्यारोप पनि १५ मिनेट पनि टिक्न छोड्यो, हाम्रो देशमा सबै नाङ्गै। देशका ठूला नेता भ्रष्ट भए। भ्रष्ट नेताको नैतिकता हुँदैन, नैतिकता नभएको नेताले नीति कार्यक्रम बनाउन सक्दैन।’

उनले नेपालका तीन हतियारलाई सशक्त रुपमा चलाउनुपर्ने बताएका छन्। ‘पहिलो कुटनीतिलाई सबल बनाउनुपर्छ। दोस्रो, देश र जनतालाई विश्वासमा राख्न सक्नुपर्छु, उनले थपे, ‘तेस्रो, नेताहरु छिटो सुध्रिनुपर्छ, नसके राजनीतिको माथिल्लो तहबाट अवकाश लिनुपर्छ। अवकाश लिन सक्दैनन् भने जेल हाल्न पनि पछि पर्नु हुँदैन, अन्य देशको अनुभव पनि त्यस्तै छ।’

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस