आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • समाचार
  • एसपीपीबारे प्रचण्ड : केपी ओली सरकारले कार्यान्वयन गरेको हो, अहिलेको प्रचार झुटो हो
समाचार

एसपीपीबारे प्रचण्ड : केपी ओली सरकारले कार्यान्वयन गरेको हो, अहिलेको प्रचार झुटो हो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्झौता कार्यान्वयन गर्ने काम केपी ओली नेतृत्वको सरकारले गरेको दावी गरेका छन् । बिहीबार रितवहादुर खड्का स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा भएकाले सवैले बुझ्न जरुरी भएको बताए ।

 

विज्ञापन

‘बरु यो एसपीपी सम्झौता कार्यान्वयन गर्ने सहमति २०१९ मा केपी ओली नेतृत्वको सरकारले गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सवैले बुझ्न जरुरी छ’, पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको भनाइ छ ।

विज्ञापन

उनले गठबन्धन त्यस्तो कुरामा नजाने भन्दै अहिले फेरि कुनै न कुनै रुपले राष्ट्रवादको पाखण्डी प्रचार गर्ने कसरत भइरहेको बताए । उनले राष्ट्रवादको पाखण्डी प्रचार गर्नेहरुले सवैभन्दा वढि आत्मसमर्पण गर्ने गरेको इतिहास रहेको समेत बताए । ‘हिजो आज एसपीपी सैन्य गठबन्धन भैसक्यो रे जसरी प्रचार भइरहेको छ, विल्कुल झुठो हो’, प्रचण्डले भने, ‘म गठबन्धनको एउटा नेताको हैसियतले प्रधानमन्त्री र गठबन्धनमा भएका छलफलमा त्यस्ता कुनै सम्झौता भएको छैन, हुने छैन यो घोषणा गर्न चाहान्छु ।’

उनले प्रधानमन्त्रीजीले पनि त्यस्तो खालको सम्झौतामा जान्न भनेर ‘कमिटमेन्ट’ गरेकाले भ्रममा पर्न जरुरी नभएको बताए ।

 

canon

फेसबुक प्रतिक्रियाहरु

canon

चर्चामा

सम्बन्धित समाचार

सिफारिस